आइसीई र इलेक्ट्रिक विकल्प भएको भारतको पहिलो कार टाटा कर्भको पेट्रोल र डिजेल संस्करण लन्च
टाटा मोटर्सले कर्भको पेट्रोल र डिजेल भेरिएन्ट लन्च गरेको छ । सो टाटा कर्भ...
नेपालमा प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा मात्र सीईओे अर्थात प्रमुख कार्यकारी अधिकृत राख्ने प्रचलन कायम रहे पनि पछिल्लो समय अटोमोबाइल आयातकर्ता कम्पनीहरुले समेत सीईओे राख्न थालेका छन् । कुनैपनि संस्थाको व्यवस्थापन र कार्य सञ्चालन हेर्ने सबैभन्दा ठुलो पदका रुपमा सीईओेलाई लिने गरिन्छ । कम्पनीको सञ्चालक समितले योग्य र क्षमतावान व्यक्तिलाई यो पदमा नियु्क्त गर्ने प्रचलन छ ।
टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबाट सुरुवात भएको सीईओे राख्ने प्रचलनलाई अहिले नेपालका आधा दर्जन बढी अटोमोबाइल कम्पनीले सिको गरेका छन् । हाल सिप्रदी सहित एमएडब्लु इन्टरप्राइजेज, पूजा इन्टरनेसनल, आइएमई मोटर्स, दिगो नेपाल, बालाजु अटो वर्क्स र इस्टर्न एजेन्सिज लगायत अन्य केही कम्पनीले समेत सीईओे राखेका छन् भने अझै पनि अधिकांश यस्ता ठूला कम्पनीहरुले महाप्रबन्धक र भाइस प्रेसिडेन्टमार्फत कम्पनीको व्यवस्थापन सम्हाल्दै आइरहेका छन् ।
सिप्रदी ट्रेडिङमा हाल राजन बाबु श्रेष्ठ सीईओे छन् । टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट अटोमोबाइल क्षेत्रमा करियर सुरुवात गरेका श्रेष्ठले सिप्रदीमा लामो समय बिताइसकेका छन् । सीईओे हुनुअघि उनी सिप्रदीमा भाइस प्रेसिडेन्ट र सिओओ अर्थात चिफ अपरेटिङ अफिसर पदमा कार्यरत थिए ।
यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजमा हाल राजु क्षेत्री सीईओे छन् । बजाज मोटरसाइकलबाट यो क्षेत्रमा उदाएका उनी टु ह्विलर क्षेत्रका एक कुशल कार्यकारी मानिन्छन् । बजाज छाडेपछि सुजुकी र महिन्द्रा टु ह्विलरमा समेत आबद्ध भएका उनी एमएडब्लु इन्टरप्राइजेजमा हालसालै सीईओे भएका हुन् ।
फक्सवागन गाडीको आधिकारिक बितरक पूजा इन्टरनेसनलले विवेक बिजुक्छेलाई सीईओेको जिम्मेवारी प्रदान गरेको छ । फक्सवागन गाडी नेपाल भित्र्याउन समेत महत्वपूर्ण भूमिका खेलेका उनले पूजा इन्टरनेसनलमा सुरुवाती समयदेखि नै उच्च तहमा बसेर व्यवस्थापन हेर्दै आइरहेका थिए । सीईओे बन्नुअघि उनी कम्पनीमा भाइस प्रेसिडेन्ट थिए ।
अशोक लेल्यान्डको आधिकारिक वितरक आइएमई मोटर्समा हाल हेमन्त पुरानिक सीईओे छन् । पुरानिकले यसअघि लामो समयसम्म टाटा मोटर्सको नेपालमा लागि कन्ट्री म्यानेजरका रुपमा भूमिका निर्वाह गरेका थिए । टाटा छाडेर इलेक्ट्रिक भेइकल दीगोमा सीईओे बनेको उनी हाल आइएमई मोटर्समा सीईओे नियुक्त भएका हुन् ।
अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्समा शशिन्द्र भन्डारीले सिईओको भूमिका निर्वाह गर्दै आइरहेका छन् । बालाजु अटो वर्क्समा आउनुअघि उनी फक्सवागन गाडीको सर्भिस हेड अर्थात पूजा इन्टरनेसनलमा महाप्रबन्धक थिए । बालाजु अटो वर्क्सले महिन्द्रा प्यासेन्जर कारको मर्मत सम्भार तथा सर्भिस नेटवर्क विस्तार सम्बन्धी कार्य गर्दै आइरहेको छ ।
त्यसैगरी आइसर गाडीको आधिकारिक बितरक इस्टर्न एजेन्सिजमा सुनिल थापा सीईओे छन् । अटोमोबाइल क्षेत्रका अनुभवी र कुशल व्यवस्थापकको पहिचान बनाएका उनले यसअघि लामो समयसम्म सिप्रदी ट्रेडिङको उच्च व्यवस्थापकिय जिम्मेवारी निर्वाह गरेका थिए ।
आइसर गाडीबाट यो क्षेत्रमा करियर सुरुवात गरेका दीपक थापा हालसालै दीगो नेपालमा सीईओे नियुक्त भएका छन् । दीगो नेपाल अर्थात दीगो ग्रुप अफ कम्पनिजले चीनबाट दीगो ब्रान्डका इलेक्ट्रिक कार आयात गरी कारोबार गर्दै आइरहेको छ । दीगोमा आउनुअघि उनी लक्ष्मी ग्रुप अन्तर्गतको एसएमएल इसुजुको बिजनेस हेड थिए ।
टाटा मोटर्सले कर्भको पेट्रोल र डिजेल भेरिएन्ट लन्च गरेको छ । सो टाटा कर्भ...
काठमाडौं – टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट...
टाटा सिएराले बुकिङ खुलेको २४ घण्टामै ७० हजार यूनिट अर्डर पाएको छ । डिसेम्बर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...