सिएट टायरको रिटेलर मिट सम्पन्न, टु–ह्विलरमा नम्वर–वान दाबी

काठमाडौं–सिएट टायरको नेपालका लागि आधिकारिक वितरक एसटिसी अटो प्रालिले रिटेलर मिट सम्पन्न गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिएट टायर इण्डियाका प्रतिनिधी, एसटिसी अटोका सञ्चालकहरु र उपत्यकाका १०० भन्दा बढि रिटेलर सहभागी थिए ।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै एसिटीसी अटोका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले सिएट टायर नेपाली ग्राहकको रोजाइमा पहिलो रहँदै आएको बताए । उनले भने, ‘उच्च गुणस्तर र भरपर्दो सेवाका कारण सिएट टायरका सबै रेन्ज नेपाली बजारमा सफल बनिरहेका छन् । हामीसंग टु–ह्विलरदेखि प्यासेन्जर कार, कमर्सियल भेइकल र हेभी इक्विपमेन्टसम्ममा प्रयोग हुने सम्पूर्ण रेन्ज उपलब्ध छ । रिटेलर साथीहरुले दिनु भएको साथ र हौसलाका कारण हामी टु–ह्विलर सेग्मेन्टमा नम्वर–वान वनेका छौ ।’

सिएट भारत र नेपालको दुबै बजारमा लोकप्रिय बनिरहेको सिएट टायर इण्डियाका इन्टरनेश्नल विजनेस हेड रजनिश कुमार शाहले बताए । ‘टु–ह्विलर सेग्मेन्टमा हामी विगत लामो समयदेखी भारत र नेपाल दुबै देशमा नम्वर–वानको अवस्थामा छौ । यसैगरी, प्यासेन्जर कार र कमर्सियल भेइकलमा पनि हाम्रो हिस्सा विस्तार भैरहेको छ’ उनले भने, ‘भारतसहित विश्वका ६ स्थानमा प्लान्ट रहेको यस कम्पनीले वार्षिक १ करोड ५० लाख टायर उत्पादन गर्दै आएको छ । सिएट टायर अहिले विश्वका १३० भन्दा बढि देशमा बिक्री हुँदै आएको छ ।’

नेपाल आँफूहरुका लागि विशेष बजार रहँदै आएको सिएटको नेपालका लागि कन्ट्रि म्यानेजर अरुणकुमार सेनले बताए । ‘नेपालमा हाम्रो बजार हरेक वर्ष विस्तार भैरहेको छ । नेपाली उपभोक्ताले यसको प्याट्रन, गुणस्तर र बिक्रीपछिको सेवालाई रुचाएकै कारण हामीले टु–ह्विलर सेग्मेन्टमा बजारको नेतृत्व लिन सकेका हौं’ उनले भने । वारेन्टि अवधीभित्र कुनै खरावी आए तत्कालै रिप्लेसमेन्ट सेवा दिनेगरेको उनले बताए ।

आवाज एकमदै कम आउने, लामो समयसम्म टिक्ने र माइलेज बढि पाइनेजस्ता विशेषताका कारण सिएटका उत्पादन लोकप्रिय बन्दै गएका हुन् ।

सन् १९२४ मा इटालीबाट उत्पादन सुरु गरेको सिएट विश्व टायर बजारमा पुरानोमध्ये एक ब्रान्डका रुपमा परिचित छ । सन् १९८२ मा भारतको आरपिजी ग्रुपले स्वमित्व लिएपछि आक्रमक रुपमा बजार विस्तार गरिरहेको यस ब्रान्ड विश्वका १० ठूला टायर उत्पादक मध्येमा गनिन्छ ।

सिएटले ‘जेडी पावर कस्टुमर स्याटिस्फेक्सन’मा नम्वर वान स्थान हाँसिल गरिसकेको छ । साथै, यसले सन् २०२३ मा ‘डेमिङ ग्राण्ड अवार्ड’ समेत प्राप्त गरेको छ । जापानबाहिर विश्वमै पहिलोपटक यस्तो प्रतिष्ठित अवार्ड पाउने सिएट पहिलो टायर ब्राण्ड हो ।

सम्बन्धित समाचारहरू

जन्मदिनमा पुटिनलाई ट्र्याक्टर उपहार

जन्मदिनमा पुटिनलाई ट्र्याक्टर उपहार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्म दिनमा अनौठो उपहार...

गोरखकाली टायर निजी क्षेत्रले सञ्चालन गर्न सक्ने गरी प्रस्ताव आह्वान गरिने

गोरखकाली टायर निजी क्षेत्रले सञ्चालन गर्न सक्ने गरी प्रस्ताव आह्वान गरिने

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको पछिल्लो...

मिशेलिनले पोलिमर टायर ल्याउने

मिशेलिनले पोलिमर टायर ल्याउने

फ्रेन्च टायर तथा मोबिलिटी कम्पनी मिशेलिन ग्रुप टायर उत्पादन प्रक्रियामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...