बालकुमारीमा खुल्यो सिएट टायरको नयाँ शोरुम ‘सिएट सप’

नारायणी अटो बिजनेस प्रालिले ललितपुरको बालकुमारीमा सिएट टायरको नयाँ शोरुम ‘सिएट सप’ शुभारम्भ गरेको छ । सिएट इन्डिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले उक्त शोरुमको उद्घाटन गरे ।

सो अवसरमा सिएट इन्डियाका नेपाल र भुटानका कन्ट्री म्यानेजर राजपाल चड्डा, नाडा अटोमोबाइल्स एसोसिएसनका विभिन्न पदाधिकारीहरु र अटोमोबाइल क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै रावले सिएट टायरको सो नयाँ शोरुमले नेपाली ग्राहकको बढ्दो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढंगले परिपूर्ति गर्ने पूर्ण विश्वास रहेको बताए । उनले सिएट टायरको वारेमा सम्पूर्ण जानकारी उपलब्ध गराउदै सो टायरका लागि आवश्यक सम्पूर्ण सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कन्ट्री म्यानेजर चड्डाले सो टायरको विशेषता वारेमा जानकारी दिदै पहिले देखि नै नेपाली बजारमा बलियो उपस्थिति जनाइरहेको सिएट टायरले भविष्यमा अझै राम्रो पर्फमेन्स दिने अपेक्षा गरे ।

सिएटको नेपालका लागि आधिकारिक विक्रेता श्री एसटीसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले सिएट टायर लामो समय देखि नेपाली ग्राहकहरुको पहिलो रोजाई पर्न सफल ब्रान्ड भएको बताउदै सधै गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिबद्ध भएको बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले गुणस्तरीय उत्पादनलाई नेपाली बजारले सधै उपयोग गर्ने गरेको बताउदै सिएट टायर पनि गुणस्तरीय भएकाले अझै यसको बजार बढ्ने विश्वास व्यक्त गरे ।

नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्रान्डसँग जोडिन पाएकोमा हर्ष एवं गौरव महसुस भएको बताउदै वर्तमान मन्दीको कठिन अवस्थामा समेत बजारको माग र सिएट ब्रान्डको विश्वसनियतालाई ध्यानमा राखेर व्यवसाय सुरुवात गरेको बताए । उक्त शोरुम वर्तमान नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्नका लागि एक कोशेढुंगा सावित हुने दावी गरे ।

उत्कृष्ट कार्यक्षमताको लागि सिएटले फाइभ स्टार रेटिङ प्राप्त गरेको छ । सवारी साधनमा प्रयोग गरिने सिएट टायर विभिन्न सुरक्षात्मक विशेषताले सुसज्जित छ । यसले इन्धन खपत न्यूनीकरण गर्न समेत सहयोग पु¥याउने दावी गरिएको छ ।

भारतमा उत्पादन हुने सिएट टायर ब्रान्ड विश्वका टप ३० टायर ब्रान्डमा पर्छ । ५० वर्ष भन्दा लामो इतिहास रहेको सिएट टायरका उत्पादन विश्वका १०० भन्दा बढी देशमा प्रयोग हुन्छन् ।

नेपालमा ४ सय भन्दा बढी डिलर रहेको सिएट टायरले टु ह्विलर र पीसीयूभीमा आफूलाई नम्बर वान भएको दावी गर्छ । त्यसैगरी २० प्रतिशत भन्दा बढी बजार हिस्सा भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

जेके ओटीआर टायरको प्लान्ट भ्रमणमा नेपाली व्यवसायी

जेके ओटीआर टायरको प्लान्ट भ्रमणमा नेपाली व्यवसायी

काठमाडौं – नेपालमा जेके ओटीआर टायर बिक्रेताहरुले भारतको मैसोरमा अवस्थित...

‘राइड विथ मेसिलिन’को पहिलो संस्करण सम्पन्न

‘राइड विथ मेसिलिन’को पहिलो संस्करण सम्पन्न

काठमाडौं– ‘राइड विथ मेसिलिन’ को पहिलो संस्करण सम्पन्न भएको छ । मेसिलिन...

सितापाइलामा खुल्यो जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन

सितापाइलामा खुल्यो जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन

काठमाडौं – जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...