स्पोर्ट र एड्भेन्चर मोटरसाइकलका लागी सिएटले ल्यायो नयाँ टायर

भारतको चर्चित टायर ब्राण्ड सिएटले स्पोर्ट र एड्भेन्चर मोटरसाइकलका लागी छुट्टै नयाँ टायर लन्च गरेको छ । कम्पनीले स्पोर्ट मोटरसाइकलका लागि स्पोर्टराड र एड्भेन्चरका लागि क्रसराड भेरिएन्टमा नयाँ टायर लन्च गरेको हो । क्रसराडलाई एड्भेन्चरको साथै कम्यूटर सेग्मेन्टमा पनि प्रयोग गर्न मिल्ने जनाइएको छ ।

स्टील बेल्टयुक्त यी रेडियल टायर बलियो, टिकाउ र उच्च गुणस्तरयुक्त रहेको कम्पनीको भनाई छ । स्पोर्टराड ११०/७० आर१७ तथा १५०/६० आर१७ र क्रसराड तथा १४०/६० आर१७ साइजमा उपलब्ध रहेको छ । यी नयाँ टायरले ओईएमको साथै आफ्टर मार्केटको बढ्दो मागलाई सम्बोधन गर्ने विश्वास कम्पनीले लिएको छ । स्पोर्टराडको एक सेटलाई १२ हजार ५०० र क्रसराडको सेटलाई ४ हजार ३०० भारु निर्धारण गरिएको छ ।

टु–ह्विलर टायरमा सिएटले एमआरएफ, एपोलो र टीभीएसजस्ता ब्रान्डसंग कडा प्रतिस्पर्धा गरिरहेको छ । भारतमा उत्पादन हुने मोटरसाइकल र स्कुटरमा यी चारवटै ब्राण्डका टायर ओइएम(फ्याक्ट्रिबाटै फिट) मा सर्बाधिक प्रयोग हुँदै आएका छन् । पछिल्लो समय भारतमा उच्च सिसीको स्पोर्ट र एड्भेन्चर मोटरसाइकलको बजार बृद्धी हुन थालेपछि एमआरएफ, एपोलो र टीभीएसले यो सेग्मेन्टलाई लक्षित गरी नयाँ टायर लन्च गरेका थिए ।

सिएट नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । नेपाली बजारमा यसको टु–ह्विलरदेखी प्यासेन्जर कार, कमर्सियल र ओटीआर सेग्मेन्टका टायर उपलब्ध छन् । नेपालमा यो टायरलाई एसटीसी अटो प्रालिले आयत गरी बिक्री गर्दै आएको हो । नेपालमा यसको कमर्सियल र टु–ह्विलर टायर बढी लोकप्रिय मानिन्छन् ।

सम्बन्धित समाचारहरू

गोरखकाली रबर उद्योग : के फेरि सञ्चालनमा आउला ?

गोरखकाली रबर उद्योग : के फेरि सञ्चालनमा आउला ?

काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...

जेके टायरले ल्यायो हावा ननिस्कने पन्चर गार्ड टायर, के हो पन्चर गार्ड ?

जेके टायरले ल्यायो हावा ननिस्कने पन्चर गार्ड टायर, के हो पन्चर गार्ड ?

जेके टायरले चार पाङ्ग्रे सवारीका लागि पन्चर गार्ड टायर लन्च गरेको छ । जेके...

एक्सकन २०२५ मा जेके टायरले सार्वजनिक ग-यो तीन नयाँ ओटीआर टायर

एक्सकन २०२५ मा जेके टायरले सार्वजनिक ग-यो तीन नयाँ ओटीआर टायर

भारतको अग्रणी टायर निर्माता कम्पनी जेके टायर एण्ड इन्डष्ट्रिज लिमिटेडले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...