सार्वजनिक सवारी सञ्चालनको लागी छलफल सुरु
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी सञ्चालन...
तपाईले चलाइरहेको सवारी साधनबाट कुनै समयमा कालो धुवाँ निस्कन सक्छ । यो अवस्थामा वातावरण प्रदूषण गराउनुका साथै सवारी साधन आफैमा पनि समस्याका कारण चलाउन असहज हुन्छ । त्यसैले यसको समाधान गरिहाल्नु आवश्यक हुन्छ ।
यसरी कालो धुवाँ निस्कनुका विभिन्न कारण हुन सक्छन् । ती मध्ये कालो धुवाँको सम्भावित कारणहरू यस प्रकार हुन सक्छन् ।
१. धेरै एयर–फ्युल मिश्रण – सवारी साधन चलाउदा हावा र इन्धनको मिश्रण हुनु आवश्यक हुन्छ । एयर र फ्युल अर्थात हावा र इन्धनको मिश्रण हुँदा इन्धन धेरै भयो भने कालो धुवाँ उत्पादन गर्न सक्छ ।
२. क्लग्ड एयर फिल्टर – फोहोर र टम्म भरिएको एयर फिल्टर एयर फिल्टरले हावाको प्रवाहलाई प्रतिबन्धित गर्दछ, जसले इन्धन र हावाको अनुपातमा असन्तुलन ल्याउँछ र सम्भावित रूपमा कालो धुवाँ निकाल्न सक्छ ।
३. खराब फ्युल इन्जेक्टर – बिग्रिएका वा खराब भएका फ्युल इन्जेक्टरहरुले कम्बसन च्याम्बरमा प्रशस्त मात्रामा इन्धन पु¥याउछन् । यसले गर्दा पनि कालो धुवाँ निस्कन्छ ।
४. फ्युल प्रेसर रेगुलेटरमा समस्या – फ्युल प्रेसर रेगुलेटर बिग्रिएको अवस्थामा उच्च मात्रामा फ्युल प्रेसर उपलब्ध गराउछ र यसले गर्दा पनि कालो धुवाँ निस्कन्छ ।
५. इन्जिन टाइमिङमा समस्या – गलत इग्निसन टाइमिङले कम्बसन प्रक्रियालाई बाधा पुर्याउन सक्छ र कालो धुवाँको उत्पादन गर्न सक्छ ।
६. एक्जस्ट सिस्टममा समस्या – विभिन्न कारणले एक्जस्ट सिस्टममा ब्लकेज भएको कारण पनि कालो धुवाँ निस्कन सक्छ ।
यी विभिन्न कारणले समस्या निम्तिएको हुन सक्छ । यो अवस्थामा आफैले एयर फिल्टर, फ्युल इन्जेक्टर आदि चेक गर्ने तथा फ्युल प्रेसर चेक गर्ने, इग्निसन टाइमिङ र एक्जस्ट सिस्टमको वारेमा पनि जानकारी लिदा राम्रो हुन्छ ।
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी सञ्चालन...
काठमाडौं – काठमाडौं जिल्ला अदालतबाट लगातार हेलमेट चोरेको आरोपमा...
मकवानपुर । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ सडक आजदेखि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...