जिकरको नयाँ ईभीमा गोल्डन ब्याट्री, ९ मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज
काठमाडौं– जिकरले आफ्नो नयाँ बिद्युतिय एसयुभी ७ एक्समा गोल्डन ब्याट्री...
काठमाडौं– विश्वको सबैभन्दा ठुलो ईभी ब्याट्री निर्माता सिएटिएल र युरोपको ठूलो अटो समुह स्टेललान्टिस मिलेर स्पेनमा विशान ब्याट्री प्लान्ट निर्माण गर्ने भएका छन् । यी दुई कम्पनीले बरावरी साँझेदारीमा नयाँ प्लान्ट लगाउन लागेका हुन् । सो नयाँ प्लान्टका लागी ४ अर्ब ३० करोड डलर लागनी गरिने जनाइएको छ ।
सन् २०२६ को अन्त्यसम्ममा संचालनमा आउने गरी प्लान्ट तयार हुन लागेको हो । प्लान्टबाट ५० गिगावाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री उत्पादन गरिने जनाइएको छ । प्लान्टलाई चरणबद्ध रुपमा स्तरोन्नती गर्दै लैजाने दुई कम्पनीबिच सहमति भएको छ ।
बिद्युतिय कारको विकासमा आक्रमक रणनिती अपनाउँदै गरेको स्टेललान्टिसको पहलमा सिएटिएलले सहमती जनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सो नयाँ प्लान्ट निर्माणपछि स्टेललान्टिस ग्रुप अन्तर्गत संचालन हुँदै आएका ब्रान्डहरु फियाट, जीप, पूजो, सिट्रोन, अल्फ रोमियो, ओपेल, आरएएम र लिप मोटर्स जस्ता ब्रान्डले उत्पादन गर्ने ईभीमा ब्याट्री आपूर्ती सहज बन्ने अनुमान गरिएको छ ।
सो नयाँ प्लान्टबाट उत्पादन हुने ब्याट्री तुलनात्मक रुपमा सस्तो पर्ने दुबै कम्पनीले विश्वास लिएका छन् । यसले विश्व बजारमै स्टेललान्टिसका बिद्युतिय कार, क्रसओभर र एसयुभीले मूल्यमा प्रतिस्पर्धा गर्न सहज हुने अनुमान गरिएको छ ।
काठमाडौं– जिकरले आफ्नो नयाँ बिद्युतिय एसयुभी ७ एक्समा गोल्डन ब्याट्री...
गर्मीको मौसममा इलेक्ट्रिक कारको ब्याट्रीमा असर पर्न सक्ने भएकाले विशेष...
बीवाईडीले आफ्नो सल्फाइड सोलिड–स्टेट ब्याट्रीमा प्राविधिक प्रगति हासिल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...