क्यास्ट्रोल लुब्रिकेन्टको दोस्रो लक्की ड्र सार्वजनिक, स्वेतवाराहीले पाउने भयो होन्डा युनिकर्न

काठमाडौं – क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले ल्याएको ‘खरिद १ मौका ३’ स्किम अन्तर्गत दोस्रो महिनाको लक्की ड्र सम्पन्न भएको छ । एक कार्यक्रमका बीच विभिन्न सञ्चारकर्मी र व्यवसायीहरुको उपस्थितिमा बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नको आधिकारिक फेसबुक पेज र अन्य केही पेजमा समेत लाइभ गरिएको सो कार्यक्रम अन्तर्गत ललितपुरको स्वेतबाराही सर्भिसले होन्डा युनिकर्न मोटरसाइकल लक्की ड्रमार्फत प्राप्त गर्ने भएको छ ।

नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका डाइरेक्टर सुरजलाल श्रेष्ठले निकालेको ०११८४० लक्की ड्रमार्फतको कुपन नम्बरले सो मोटरसाइकल प्राप्त गरेको हो ।

रामु मोटरसाइकल वर्कसप, हात्तिगौडा, बुढानिलकण्ठले ५५ इन्चको एलजी स्मार्ट टीभी पाउने भएको छ । अन्य विजेताहरुले सिम्फोनी जम्बो ४१ लिटर एयर कुलर, एलजी २५८ लिटर डबल डोर रेफ्रिजेरेटर र ५५ इन्चको साओमी स्मार्ट टीभी पाउने भएका छन् ।

त्यसैगरी ३ जनाले टोटल हाई प्रेसर वासर, ४ जनाले डल्फिन प्लास्टिक टेबल ४ चेयर सेट, ५ जनाले सीजी २००० वाट इन्डक्सन कुकटप, ६ जनाले बाल्ट्रा जेट स्ट्यान्ड फ्यान र ८ जनाले यासुडा १.८ लिटर राइस कुकर पाए ।

यी वाहेक १० जनाले डेउ लिथियम कर्डलेस स्क्रु ड्राइभर सेट र अर्को १० जनाले सीजी १.८ लिटर केटल प्राप्त गरे ।

क्यास्ट्रोल लुब्रिकेन्ट प्रयोग गर्ने रिटेलरहरुका लागि कम्पनीले ल्याएको खरिद १, मौका ३ अन्तर्गत हरेक पेल तथा कार्टुनको खरिदमा मौका १ अन्तर्गत हात खाली नहुने स्क्र्याच कुपन पाइन्छ । यसमा १११ देखि १ लाख ११ हजार १११ रुपैयाँ सम्मको नगद रकम पाइन्छ ।

त्यसैगरी मौका २ अन्तर्गत हरेक महिना हुने लक्की ड्रमा सहभागी भई हरेक महिना मोटरसाइकल सहित ५० विभिन्न आकर्षक उपहारहरु जित्ने मौका प्राप्त हुनेछ ।

मौका ३ अन्तर्गत सोही कुपनबाट बम्पर लक्की ड्रमा सहभागी भई निसान म्याग्नाइट गाडी, मोटरसाइकल सहित अन्य १०० विभिन्न आकर्षक उपहारहरु जित्ने मौका प्राप्त हुनेछ । छैटौं महिनामा सो बम्पर लक्की ड्र सार्वजनिक गरिने छ ।

नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका चिफ मार्केटिङ अफिसर अमरज्योति रञ्जितले यो कार्यक्रममा सहभागी हुन सबै रिटेलरहरुलाई आग्रह गर्दै आगामी दिनमा थप सहभागी संलग्न रहने अपेक्षा गरे । 

सम्बन्धित समाचारहरू

नेपालगन्ज र दाङमा खुल्यो गल्फ लुब्रिकेन्टको विश्व स्तरीय शोरुम

नेपालगन्ज र दाङमा खुल्यो गल्फ लुब्रिकेन्टको विश्व स्तरीय शोरुम

गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले...

गल्फ लुब्रिकेन्टले अमलेखगन्जस्थित आफ्नो फ्याक्ट्रीमा दियो मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण

गल्फ लुब्रिकेन्टले अमलेखगन्जस्थित आफ्नो फ्याक्ट्रीमा दियो मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...

लकडाउनको असर लुब्रिकेन्टमा : सीमा क्षेत्रबाट भित्रिदै गुणस्तरहीन लुब्रिकेन्ट

लकडाउनको असर लुब्रिकेन्टमा : सीमा क्षेत्रबाट भित्रिदै गुणस्तरहीन लुब्रिकेन्ट

नेपाली बजारमा दर्जनौ ब्रान्डका लुब्रिकेन्ट उपलब्ध छन् । लुब्रिकेन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...