भक्तपुरमा खुल्यो लुयानको नयाँ सोरुम, एमएनके३ मा २० हजार छुट

काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो एमिसन राईड एनले आफ्नो ११ औ सोरुम भक्तपुरमा विस्तार गरेको छ । सल्लाघारीमा हारती अजीमा ईभी ट्रेड नामले संचालनमा आएको सो नयाँ सोरुमबाट ग्राहकले लुयानको नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ सोरुम संचलनमा आएको अवसर पारेर कम्पनीले ग्राफिनी ब्याट्री जडित एमएनके३ स्कुटरमा २० हजार नगद छुट दिंदै आएको छ । दशैं तिहार र नयाँ सोरुम खुलेको अवसर पारेर नगद छुट दिएको कम्पनीको भनाई छ । नगद छुटको सो योजना तिहारसम्म लागु हुनेछ ।

लुयानको नेपाली बजारमा एमएनके३ र एस–७० प्रो गरी दुईवटा स्कुटर उपलब्ध छन् । एमनके३ मा पनि ग्राहकले लीड एसिड, ग्राफिनी र लिथियम आयोन ब्याट्रीको विकल्प पाउन सक्नेछन् । यसको ग्राफिनी ब्याट्री जडित स्कुटरले सिंगल चार्जमा १२० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ ।

यो स्कुटरको मूल्य १ लाख ८७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । स्कुटरमा ७३ भोल्ट ३५ एम्पियर क्षमताको ब्याट्री जडान गरिएको छ । चार्ज साइकिल ८०० रहेको यसको ब्याट्री लामो समयसम्म टिक्ने दावी छ ।

सम्बन्धित समाचारहरू

टोयोटाको अर्बन क्रुजर एबेला चाँडै भारतमा लन्च हुँदै

टोयोटाको अर्बन क्रुजर एबेला चाँडै भारतमा लन्च हुँदै

टोयोटाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी अर्बन क्रुजर एबेला भारतीय बजारमा...

जीकर एक्सको मूल्य २० लाख घट्यो, अव ६५ लाखमै किन्न पाइने

जीकर एक्सको मूल्य २० लाख घट्यो, अव ६५ लाखमै किन्न पाइने

काठमाडौं–जीकर ईभीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

एमएडब्लु वृद्धि ओमेगा सेक्कीबाट नेपालको विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश गर्दै

एमएडब्लु वृद्धि ओमेगा सेक्कीबाट नेपालको विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश गर्दै

काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...