फोन र कम्प्युटर जस्तै कार पनि ह्याकको जोखिममा, सानो कमजोरीले नै पर्न सक्छ जीवन खतरामा

प्रविधिको द्रुत विकाससँगै ह्याकिङजस्ता साइबर जोखिमहरू बढिरहेको छ । कम्प्युटर र स्मार्टफोन ह्याक हुनु अब सामान्य कुरा भइसकेको छ । तर अब आधुनिक प्रविधिबाट सुसज्जित कारहरू पनि ह्याक हुने खतरा बढ्न थालेको छ । आजका सवारी साधनहरू केवल मेसिन नभई ‘पाङ्ग्रामा चल्ने कम्प्यूटर’ बनिसकेको छ, जसले गर्दा कारमा साइबर आक्रमणको सम्भावना अझै बढेको छ।

हालका कारहरू इन्जिनदेखि इन्फोटेनमेन्ट सिस्टमसम्म सबै सञ्चालन सफ्टवेयर र इन्टरनेटसँग जोडिएको हुन्छ। कम्पनीले आफ्नो सवारीलाई नियमित रूपमा सुरक्षित राख्न ओभर द एयर अपडेट प्रदान गर्छ, जुन सुविधा भए पनि साइबर सुरक्षाका हिसाबले चुनौतीपूर्ण पनि बन्न सक्छ।

डिजाइनद्वारा सुरक्षा: कार सेफ्टी कार निर्माणको सुरुवातदेखि नै डिजाइनमा समावेश हुन्छ ।

नेटवर्क आइसोलेसन: कारको सिस्टम अलग अलग हिस्सामा बाढिएको हुन्छ। उदाहरणका लागि, ब्रेक र स्टेयरिङ जस्ता महत्वपूर्ण सिस्टमहरूलाई इन्फोटेनमेन्ट सिस्टमबाट अलग राखिएको छ। इन्फोटेनमेन्ट सिस्टम ह्याक भए पनि, आवश्यक कन्ट्रोल सिस्टम सुरक्षित रहन्छ ।

सुरक्षा गेटवे: यो एक डिजिटल चेकपोइन्ट हो जसले कारको आन्तरिक नेटवर्कमा आउने हरेक सन्देश जाँच गर्छ ताकि कुनै पनि गलत वा खतरनाक आदेशहरू पारित नहोस्।

नियमित सफ्टवेयर अपडेटहरू: फोन र कम्प्युटरमा अपडेट गर्नु परे जस्तै कारले पनि कुनै पनि सुरक्षा त्रुटि वा कमजोरीहरू समाधान गर्न अपडेट आवश्यक पर्छ ।

कार ह्याकिङ किन खतरनाक छ: यदि कम्प्युटर ह्याक भयो भने, डाटा चोरी हुन सक्छ। तर कार ह्याक भयो भने, ह्याकरले ब्रेक, स्टेयरिङ वा इन्जिन नियन्त्रण गर्न सक्छ, जसले गर्दा चालक र यात्रुहरूको जीवन जोखिममा पर्न सक्छ।

वायरलेस कनेक्सन: वाईफाई, ब्लुटुथ, जीपीएस र मोबाइल नेटवर्क जस्ता कनेक्सनले ह्याकरका लागि साइबर अट्याक गर्न सजिलो बनाउछ ।

सम्बन्धित समाचारहरू

कारमा हुने यी आकर्षक सुबिधा, जो विरलै प्रयोगमा आउँछन्

कारमा हुने यी आकर्षक सुबिधा, जो विरलै प्रयोगमा आउँछन्

नयाँ कार किन्दा यसमा भएको ठूला टचस्क्रिन, हाई टेक फिचर र प्रिमियम फिचरले...

काठमाडौँ महानगरभित्र सेवाग्राहीबाट पार्किङ शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ महानगरभित्र सेवाग्राहीबाट पार्किङ शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा रहेका व्यापारिक भवनले आफ्ना...

सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...