क्यारी ब्रान्डको ईभी भ्यान किन्न रिलायन्स फाइनान्सले वित्तिय सेवा प्रदान गर्ने

काठमाडौं–क्यारी ब्रान्डका विद्युतीय भ्यानमा वित्तिय समाधान प्रदान गर्न एलएक्सजी मोटर्स र रिलायन्स फाइनान्स लिमिटेडले एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

क्यारी ईभीको नेपालका लागि आधिकारिक वितरक एलएक्सजी मोटर्स प्रालिका जितेन्द्रलाल कर्ण र रिलायन्स फाइनान्स लिमिटेडका सिइओ समाज प्रकाश श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुुसार, क्यारी ब्रान्डका विद्युतीय भ्यान किन्न चाहने ग्राहकहरूका लागि रिलायन्स फाइनान्सले सुविधाजनक वित्तीय समाधान प्रदान गर्नेछ । समझदारीको मुख्य उद्देश्य क्यारी ब्रान्डका केभान१ र केभान२ भ्यान खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय समाधान उपलब्ध गराउनु रहेको बताइएको छ ।

यी विद्युतीय भ्यानहरूमा ५३.५८ किलोवाट आवर क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्म बढी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । साथै, यी ईभीमा पिएमएसएम मोटर प्रणाली, एबिएस तथा अन्य सुरक्षा सुविधाहरू उपलब्ध गराइएको छ ।

यस साझेदारीले एलएक्सजी मोटर्सलाई क्यारी ईभीमार्फत नेपालभर विद्युतीय सवारी क्षेत्रमा अझ मजबुत उपस्थिति विस्तार गर्न र ग्राहकको व्यवसायिक यात्रामा भरोसायोग्य सहयोग पुर्याउन सक्षम बनाउने विश्वास लिइएको छ ।

सम्बन्धित समाचारहरू

सीजी मोटर्सले ल्यायो प्रि–अटो शो अफर, एक्सपेङ ईभी किन्दा ८ लाख बचत र अन्य धेरै सुविधा

सीजी मोटर्सले ल्यायो प्रि–अटो शो अफर, एक्सपेङ ईभी किन्दा ८ लाख बचत र अन्य धेरै सुविधा

काठमाडौं – नेपालमा एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले प्रि–अटो शो...

भाटभटेनीमा बन्दैछ ४४ गाडी राख्न मिल्ने २५ मिटर अग्लो स्मार्ट पार्किङ, छिट्टै सञ्चालनमा आउने

भाटभटेनीमा बन्दैछ ४४ गाडी राख्न मिल्ने २५ मिटर अग्लो स्मार्ट पार्किङ, छिट्टै सञ्चालनमा आउने

काठमाडौं – भाटभटेनीले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा निजी प्रयोजनका...

क्रिकेटर दीपेन्द्र सिंह ऐरी बने ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडर

क्रिकेटर दीपेन्द्र सिंह ऐरी बने ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडर

काठमाडौं– क्रिकेटर दीपेन्द्र सिंह ऐरी ओमोड़ा एन्ड जेइकोको ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...