ड्याटसन रेडी गो इलेक्ट्रिक भर्सनमा आउने संकेत
निसानले भारतीय बजारमा ड्याट्सन कार बन्द गर्ने घोषणा गरे लगतै ड्याटसन कार...
सामन्यत गाडी किन्ने ग्राहकले उक्त गाडीको लुक्स तथा डिजाइन, पावर तथा पर्फमेन्स र सेफ्टी तथा कम्फर्ट फिचर्समा बढी जोड दिने गर्छन् । तर अधिकांश सडक जीर्ण भएका कारण नेपालमा भने ग्राउन्ड क्लिरियन्सले समेत गहन भुमिका खेल्ने गरेको छ । कम ग्राउन्ड क्लिरियन्स भएका गाडीलाई कच्ची सडकमा गुडाउँदा नोक्सानी हुने सम्भावनाका कारण पनि ग्राउन्ड क्लिरियन्स बढी भएका कार रोजाइमा पर्न थालेको हो ।
नेपाली बजारमा इन्ट्रि लेभल ह्याचब्याकलाई सबैभन्दा सस्तो कारका रुपमा लिने गरिएको छ । प्रायः मध्यम र निम्न मध्यम स्तरको आय भएका र पहिलो पटक प्रयोग गर्न गैरहेका ग्राहकले यस्ता कार बढी मात्रामा खरिद गर्ने गर्छन् । यस्ता कार खरिद गर्दा समेत ग्राहकले ग्राउन्ड क्लिरियन्स भने बढी नै भएको खोज्ने गरेका छन् । हाल बजारमा उपलब्ध यो सेग्मेन्टका कारमा सबैभन्दा बढी ग्राउन्ड क्लिरियन्स ड्याटसन रेडीगोमा दिइएको छ । १ हजार सिसी क्षमता इन्जिन जडान गरिएको रेडी गोमा १८७ एमएम ग्राउन्ड क्लिरियन्स दिइएको छ । ६७ बिएचपी पावर र ९१ एनएम टर्क भएको रेडी गोको म्यानुअललाई २४ लाख ४९ हजार र अटोमेटिकलाई २५ लाख ९९ हजार रुपैयाँ पर्छ ।
रेडी गोपछि दोस्रो सर्बाधिक बढी ग्राउन्ड क्लिरियन्स भएको अर्को कार हो रेनो क्विड । १ हजार सीसी क्षमताको इन्जिन जडान गरिएको यो कारमा १८४ एमएम ग्राउन्ड क्लिरियन्स दिइएको छ । यो कारको अधिकतम पावर ६७ बिएचपी र टर्क ९१ एनएम रहेको छ । म्यानुअल र अटोमेटिक दुबै अप्सनमा उपलब्ध यसको मूल्य २५ लाख ४९ हजारदेखी २६ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
त्यसैगरी मारुती सुजुकी एसप्रोसोमा १८० एमएम ग्राउन्ड क्लिरियन्स दिइएको छ । १ हजार सीसी क्षमताको इन्जिन जडान गरिइको यो कारको लुक्स एसयुभी प्रेरित छ । जसको अधिकतम पवार ६७ बिएचपी र टर्क ९० एनएम रहेको छ । यो कारको मूल्य नेपाली बजारमा २३ लाख ४९ हजारदेखी २६ लाख ५९ हजार रुपैयाँसम्म पर्छ ।
निसानले भारतीय बजारमा ड्याट्सन कार बन्द गर्ने घोषणा गरे लगतै ड्याटसन कार...
कुनै समय नेपाली सडकमा सेडान कारको उपस्थिति निकै नै बाक्लो देखिन्थ्यो ।...
दशै आउनु डेढ महिना अगाबै अटोमोबाइल बजारमा फेस्टिभल सिजन सुरुवात भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...