अवस्था ठिक नभएका सवारी साधन चलाउने ४२ जना चालक कारबाहीमा
काठमाडौँ – काठमाडौँको किर्तिपुरमा बिहीबार गरिएको विशेष चेकिङका क्रममा...
दुबईमा कार धुने काम गरिरहेका एक नेपाली युवाले करिव ३४ करोड रुपैयाँको चिठ्ठा जितेका छन् । गल्फ न्युजले प्रकाशित गरेको समाचार अनुसार उनले ९४औं महजुज विक्ली राफल राफल ड्रमा १० मिलियन दिरहाम जितेका हुन् ।
३१ वर्षिय भरतले मासिक १ हजार ३ सय दिरहाम कमाइरहेका थिए । अब यो पैसाले उनले आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन् । आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ । साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।
‘चिठ्ठा जिते पनि म कार धुने काम छाड्दिनँ’ भरतले भने । तीन वर्षअघि दुबई आएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबमा थिए ।
मजुजका सीईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीहरुले यसमा सहभागिता जनाउने गरेको उल्लेख गर्दै भरतको जितले नेपाली समुदायमा खुसी छाएको बताए ।
काठमाडौँ – काठमाडौँको किर्तिपुरमा बिहीबार गरिएको विशेष चेकिङका क्रममा...
काठमाडौं – सरकारी सवारी साधना आगामी फागुन मसान्त भित्रै अनिवार्य रुपमा...
काठमाडौं – काठमाडौंबाट भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...