यी हुन् नेपालमा उपलब्ध भारतबाट आयात हुने करोड भन्दा बढी मूल्यका कार

भारतमा प्लान्ट स्थापना गरी सवारीसाधन उत्पादन गरिरहेका केही बहुराष्ट्रिय ब्रान्डका कारहरु नेपाली बजारमा करोड भन्दा बढी मूल्यमा कारोबार भैरहेका छन् । भारत भन्दा अन्य देशमा यी कम्पनीको मुख्य उत्पादन थलो भए पनि नेपालमा भने भारतबाटै यी सवारी साधन आयात हुन्छन् ।

यस्ता ब्रान्डमध्ये टोयोटाका साधन सबैभन्दा महंगो रहेको छ । टोयोटाको फर्चुनर एसयुभी भारतबाट आयात भई नेपाली बजारमा कारोबार हुने सबैभन्दा महंगो कार हो । २७ सय ५५ सीसी क्षमतको यो एसयूभीको म्यानुअल ट्रान्समिसन भेरिएन्टको मूल्य २ करोड १० लाख कायम गरिएको छ । त्यसैगरी फर्चुनरकै अटोमेटिक भेरिएन्टको मूल्य २ करोड २२ लाख तोकिएको छ ।

टोयोटा फर्चुनरपछि फोर्ड एन्डेभर भारतबाट आयात हुने महंगो कारको सूचीमा दोस्रो स्थानमा छ । २ हजार सीसी क्षमताको यो एसयूभी अटोमेटिक र स्पोर्ट्स अटोमेटिक गरी २ भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य नेपाली बजारमा क्रमशः १ करोड ६५ लाख र १ करोड ६९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

फोर्डपछि भारतबाट आयात हुने अर्को महंगो एसयूभी हो होन्डा सीआरभी । १६ सय सीसी क्षमताको यो गाडीको मूल्य नेपाली बजारमा १ करोड ४३ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी यो क्लबमा समावेश स्कोडा सुपर्व र जिप कम्पासको उत्पादन समेत भारतीय बजारमै हुनेगरेको छ । २ हजार सीसी क्षमताको स्कोडा सुपर्व सेडानको मूल्य नेपाली बजारमा १ करोड ३९ लाख निर्धारण गरिएको छ ।

अमेरिकन आइकनिक ब्रान्ड जिपको नयाँ कम्पास भारतीय बजारमा उत्पादन भई नेपाल आउने अर्को लोकप्रिय मोडल हो । कम्पासको ५ वटा भेरिएन्ट करोडमाथि क्लबमा समावेश छन् । यसको १४ सय सीसी क्षमताको लिमिटेड एडिसनको मूल्य नेपाली बजारमा १ करोड ११ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी २ हजार सीसी क्षमताको कम्पास अटोमेटिकको मूल्य १ करोड ९ लाख ९० हजार, स्पोर्ट मोडलको अटोमेटिक भेरिएन्टको १ करोड १८ लाख ९० हजार, कम्पास अटोमेटिक फोर बाई फोर भेरिएन्टको मूल्य १ करोड २७ लाख ९० हजार र स्पोर्ट मोडल फोर बाई फोर अटोमेटिक भेरिएन्टको १ करोड ३६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । करोड माथिको क्लबमा यो एसयूभी सर्बाधिक बिक्री हुने मोडलका रुपमा परिचित छ ।

सम्बन्धित समाचारहरू

यस्तो देखियो नयाँ टोयोटा ग्लान्जा : नयाँ टिजर सार्वजनिक, १५ मार्चमा लन्च हुने

यस्तो देखियो नयाँ टोयोटा ग्लान्जा : नयाँ टिजर सार्वजनिक, १५ मार्चमा लन्च हुने

नयाँ टोयोटा ग्लान्जा चाँडै भारतमा लन्च हुने भएको छ । हालै कम्पनीले नयाँ...

गियरबक्समा समस्या आएपछि टोयोटा ल्याण्ड क्रूजर र लेक्सस एलएक्स रिकल

गियरबक्समा समस्या आएपछि टोयोटा ल्याण्ड क्रूजर र लेक्सस एलएक्स रिकल

टोयोटा र लेक्ससका गाडीमा समस्या आएपछि रिकल गरिएको छ । ट्रान्समिसन...

वर्ल्ड कार ग्रुप -याङकिङको १०औं नम्बरमा उक्लियो बीवाईडी, टोयोटा पहिलो नम्बरमा

वर्ल्ड कार ग्रुप -याङकिङको १०औं नम्बरमा उक्लियो बीवाईडी, टोयोटा पहिलो नम्बरमा

सन् २०२३ को वर्ल्ड कार ग्रुप -याङकिङङमा टोयोटाको बर्चस्व देखिएको छ । यसमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...