भारतलाई मेक्सिकोको ५० प्रतिशतसम्म भन्सार, तेस्रो ठूलो कार निर्यात बजार प्रभावित हुने

मेक्सिकोले चीन र भारतसहित दर्जनौं एसियाली मुलुकहरूमाथि भन्सार दर बढाएको छ । यो सँगै चीन, भारत, दक्षिण कोरिया, थाइल्याण्ड, इन्डोनेशिया लगायत व्यापार सम्झौता नभएका देशहरूबाट हुने आयातमा मेक्सिकोले ३५ देखि ५० प्रतिशतसम्म भन्सार लगाउने भएको छ ।

विशेषगरी सवारीसाधन, अटो पार्ट्स, कपडा, प्लास्टिक तथा स्टिलजस्ता वस्तुमा ५० प्रतिशतसम्म कर लगाइनेछ । अधिकांश वस्तुमा भने ३५ प्रतिशतसम्म ट्यारिफ लागू हुने भनेर रोयटर्सले जनाएको छ ।

सो निर्णयपछि भारतबाट मेक्सिको जाने करिब १ अर्ब डलर बराबरको सवारीसाधन निर्यात प्रभावित हुने भएको छ । यो कदमबाट भारतका प्रमुख कार निर्यातकर्ता भोक्सवागन, ह्युन्डाइ, मारुति सुजुकी लगायतका कम्पनी प्रभावित हुनेछन् ।

भारतको अटोमोबाइल उद्योग संगठनले सरकारले कर वृद्धि नगर्न मेक्सिकोसँग पहल गरिदिन अनुरोध गरेको पत्रसमेत पठाएको थियो । पत्रमा प्रस्तावित कर वृद्धिले भारतका अटोमोबाइल निर्यातमा प्रत्यक्ष असर पर्ने भन्दै सरकारी हस्तक्षेप आवश्यक रहेको उल्लेख छ । मेक्सिको भारतको तेस्रो ठूलो कार निर्यात बजार मानिन्छ ।

भारतले गत वर्ष मेक्सिकोतर्फ ५.३ अर्ब डलरको सामान निर्यात गरेकोमा करिब १ अर्ब डलर बराबरका सवारीसाधन रहेका थिए । तीमध्ये स्कोडा अटो (फक्सवागन समूह) ले मात्रै ५० प्रतिशत हिस्सा ओगट्छ । हुन्डाइले २० करोड डलर, निसानले १४ करोड डलर र सुजुकीले १२ करोड डलर बराबरका कार निर्यात गरेका थिए ।

मेक्सिकोले लागू गर्न लागेको नयाँ कर संरचनाले भारतका अटो उत्पादकहरूका निर्यात रणनीतिमा पुनर्विचार गर्न बाध्य बनाउने उद्योग विशेषज्ञहरूको भनाइ छ । निर्यातमार्फत उत्पादन क्षमता उच्च राख्ने भारतीय कम्पनीहरूको मोडेलमा पनि यसले असर पार्न सक्ने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...