कार क्लेडिङ के हो ? किन आवश्यक छ?

सवारी साधनको बाहिरी भागलाई सुरक्षित राख्न कार क्लेडिङलाई महत्त्वपूर्ण सुरक्षा तहका रूपमा हेरिन थालिएको छ। कारको बम्पर, ह्विल आर्च र ढोकाको तल्लो भागमा लगाइने कडा प्लास्टिकको तहलाई क्लेडिङ भनिन्छ। याे विशेषगरी एसयूभीमा रफ एन्ड टफ लुकको लागि प्रयोग गरिन्छ भने ह्याचब्याक गाडीमा पातलो स्ट्रिपको रुपमा प्रयोग गरिन्छ ।

कच्ची, हिलो वा चट्टानी सडकमा गाडी चलाउँदा साना ढुंगा र फोहोर टायरबाट उछिट्टिएर सिधै गाडीको बडीमा ठोक्किन सक्छ। यदि क्लेडिङ नभएको अवस्थामा यस्ता कंकडले गाडीको रङ बिगार्न सक्छ र सतहमा असर पुर्‍याउन सक्छ। प्लास्टिक क्लेडिङले यी प्रभावहरू अवशोषित गरेर मूल बडीलाई जोगाउने काम गर्छ। यसले रङ सुरक्षित राख्न मद्दत गर्नुका साथै दीर्घकालीन मर्मत खर्च घटाउँछ।

साँघुरो सडक वा पार्किङ क्षेत्रमा गाडी चलाउँदा भित्ता वा स्तम्भसँग हल्का रगडिने सम्भावना बढी हुन्छ। यस्ता अवस्थामा सबैभन्दा पहिले क्लेडिङ प्रभावित हुन्छ। कालो प्लास्टिकबाट बनेको हुँदा सानातिना कोरिएका दाग सजिलै देखिँदैन। यदि क्लेडिङ क्षतिग्रस्त भए पनि यसलाई बदल्नु पूरै बम्पर पुनः रंगाउनु वा बदल्नु भन्दा धेरै सस्तो पर्छ।

वर्षाको पानी र हिलोको प्रत्यक्ष सम्पर्कले समयसँगै बडीमा खिया लाग्ने जोखिम बढाउँछ। क्लेडिङले अवरोधको रूपमा काम गरी ओसिलोपन र फोहोरलाई धातुसम्म पुग्न नदिई संरक्षण दिन्छ। यसले गाडीको आयु बढाउनुका साथै पुनः बिक्री गर्दा राम्रो मूल्य पाउन पनि सहयोग पुर्‍याउँछ।

सुरक्षासँगै क्लेडिङ अहिले स्टाइल स्टेटमेन्टको हिस्सा पनि बनेको छ। यसले गाडीलाई केही उच्च ग्राउन्ड क्लियरेन्स भएको जस्तो देखिने प्रभाव र अधिक शक्तिशाली उपस्थिति दिन्छ। कम्पनीबाट जडान गरिएको क्लेडिङ नभए पनि बजारमा सहायक सामग्रीका रूपमा उपलब्ध विकल्पहरू जडान गर्न सकिन्छ।

यद्यपि क्लेडिङका केही सानातिना कमजोरीहरू पनि छन् । बजारमा पाइने क्लेडिङ ठीकसँग फिट नभएमा खुकुलो हुने, पानी अड्किने वा फोहोर जम्मा हुने समस्या आउन सक्छ। त्यसैले गुणस्तर र सही फिटमेन्टमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जडान गर्दा अनुभवी प्राविधिकबाट गराउनु, वारेन्टी र फिटमेन्ट जाँच गर्नु पनि आवश्यक मानिन्छ।

सम्बन्धित समाचारहरू

आरएसके ट्रेडले ल्यायो हिरो एक्सपल्सको मिरर, सुलभ मूल्यमा उपलब्ध हुने

आरएसके ट्रेडले ल्यायो हिरो एक्सपल्सको मिरर, सुलभ मूल्यमा उपलब्ध हुने

काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी आरएसके ट्रेड...

रसुवागढी नाकाबाट भित्रिन थाले कन्टेनर

रसुवागढी नाकाबाट भित्रिन थाले कन्टेनर

रसुवा – रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थाले पश्चात सीमा...

नयाँ गाडीको सिटबाट कति दिनमा पोलिथिनको कभर हटाउनुपर्छ, जान्नुहोस्

नयाँ गाडीको सिटबाट कति दिनमा पोलिथिनको कभर हटाउनुपर्छ, जान्नुहोस्

नयाँ कारमा कम्पनीले डेलिभरी अघि कारको सिटमा दाग जस्ता कुनै पनि हिसाबले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...