बीवाईडीको नयाँ ८ सिरिज ट्याङ इलेक्ट्रिक एसयूभी सार्वजनिक
बीवाईडीले आफ्नो डायनेस्टी सिरिज विस्तार गर्दै नयाँ ८ सिरिज ट्याङ...
अमेरिकाको भन्सार युद्धका कारण उत्पन्न विश्वव्यापी अनिश्चितताको बीचमा क्यानडा र चीनले आफ्नो व्यापार सम्बन्धलाई थप मजवुत बनाउने निर्णय गरेका छन् । दुवै देशले व्यापार अवरोधहरू भत्काउने र नयाँ रणनीतिक सम्बन्धहरू निर्माण गर्ने लक्ष्य राखेका छन् ।
अमेरिकासंगको बढ्दो तनावका विच चीन भ्रमण गरेका क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चिनियाँ ईभीमा यसअघि लाग्दै आएको १०० प्रतिशत भन्सारलाई घटाएर ६.१ प्रतिशतमा झारिएको बताएका छन् ।
नयाँ दर क्यानाडा भित्रिने हुने कुल ४९ हजार युनिट ईभीका लागि मात्र लागु हुने जनाइएको छ । यी दुई देशविच आगामी ५ वर्षमा आयात कोटा बढाएर ७० हजार युनिट पुर्याउने समझदारी बनेको छ ।
साथै, क्यानडाले आफ्नै विद्युतीय ब्रान्डको विकास गर्नका लागि नयाँ साझेदारहरूबाट सिक्नु जरुरी रहेको र तीनको आपूर्ति शृङ्खलाहरूमा पहुँच राख्दै स्थानीय माग बढाउनु आवश्यक रहेको कार्नीले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...