एउटा अञ्चलबाट लिएको ड्राइभिङ लाइसेन्स अर्को अञ्चलबाट रिन्यु गर्न मिल्छ कि मिल्दैन ? के छ व्यवस्था ?

हाल एउटा अञ्चलबाट लिएको ड्राइभिङ लाइसेन्स अर्को अञ्चलबाट रिन्यु गर्न सकिने व्यवस्था छैन । सरकारले यसको लागि प्रतिवद्धता जनाउने र कानुनमा पनि यस सम्बन्धी व्यवस्था भए पनि व्यवहारमा यो लागू हुन सकेको छैन ।

काठमाडौं उपत्यकाको हकमा एउटा यातायात कार्यालयबाट लिएको ड्राइभिङ लाइसेन्स अर्को यातायात कार्यालयबाट रिन्यु भइरहेको छ । यद्यपि नेपाल प्रहरी, नेपाली सेना, निजामती कर्मचारी वा अन्य अञ्चलबाट बसाई सरेर काठमाडौं आएकाहरुका लागि भने व्यावहारिक रुपमा रिन्यु गरेको पाइन्छ । तर अन्य सामान्य अवस्थामा रिन्यु गरिएको छैन ।

कानुनले व्यवस्था गरेको भए पनि व्यावहारिक रुपमा यो कार्य लागू भएको छैन । यातायात विज्ञ माधव अधिकारी भन्छन्, ‘कानुनले व्यवस्था गरेको भए पनि धेरै लाइसेन्सहरुको रेकर्ड अद्यावधिक नभएकाले पनि यो व्यवहारमा लागू हुन नसकेको हो । यसकै कारण भोलि फेरि कानुनी झमेलामा परिएला भनेर पनि कर्मचारीहरु यस प्रकारका लाइसेन्स रिन्यु गर्न डराइरहेका हुन सक्छन् ।’

आगामी दिनमा यो कार्य अगाडि बढ्ने र सबैले सहज तरिकाले जुनसुकै अञ्चलमा दर्ता भएको ड्राइभिङ लाइसेन्स अर्को अञ्चलबाट लिने व्यवस्था हुने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

ड्राइभिङ लाइसेन्स बनाउनु छ ? यसरी दिनुहोस् अनलाइन आवेदन

ड्राइभिङ लाइसेन्स बनाउनु छ ? यसरी दिनुहोस् अनलाइन आवेदन

यातायात व्यवस्था विभागले हाल अनलाइन रुपमै ड्राइभिङ लाइसेन्सका लागि आवेदन...

अब अनलाइनमार्फत आवेदन दिएको १५ दिनमै ड्राइभिङ लाइसेन्स पाइने, जेठ ४ देखि आवेदन खुल्ने

अब अनलाइनमार्फत आवेदन दिएको १५ दिनमै ड्राइभिङ लाइसेन्स पाइने, जेठ ४ देखि आवेदन खुल्ने

काठमाडौं – आगामी जेठ ४ गते देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि...

भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको भनाइ : एक वर्ष भैसक्यो मेरो सवारी लाइसेन्स आएन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको भनाइ : एक वर्ष भैसक्यो मेरो सवारी लाइसेन्स आएन

काठमाडौं – भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...