चितवनमा अटो एक्सपो हुने, एकै स्थानमा सवारी अवलोकन गर्न र अन्य सुविधा लिन सकिने

भरतपुर – चितवनमा कार्यरत अटोमोबाइल व्यवसायीहरुको संगठन चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा) को आयोजनामा काडा अटो एक्सपो २०८१ हुने भएको छ ।

आगामी असोज १६ देखि १९ गते सम्म चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रदर्शनी केन्दमा सो एक्सपो हुनेछ । अटोमोबाइल व्यवसायको प्रर्बधन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ सो एक्सपोको आयोजना गर्न लागिएको चितवन अटोमोवाईल डिलर्स एसोसिएसनका अध्यक्ष राजन पियाले जानकारी दिए ।

समान पेशामा आवद्ध अटोमोबाइल व्यवसायीहरुको विचमा आपसी भाईचारा अभिवृद्धि गरी पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राखेर व्यवसायिक हक हितका लागि एक भएर आउने चुनौतीको सामना गर्नको लागि पनि मेलाको ठूलो भूमिका रहने अध्यक्ष पियाले बताए ।

काडाले अटो व्यवसायीहरुलाई एकिकृत गर्दै सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम, मोटरसाइकल र्याली, मोटर स्पोर्ट्स, यातायात व्यवस्थापन तथा मेला प्रर्दशनीका माध्यमवाट एउटा पृथक अस्तित्व र पहिचान बनाई विभिन्न कार्यहरु गर्दै आइरहेको बताएको छ ।

एसी सहितको वातानुकुलित चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना हुने मेलामा साना ठुला गरी २१ ब्रान्डका कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधनहरुको स्टल रहनेछन् भने जिप र माइक्रोको करिव पाँच वटा स्टल र प्रदशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु रहने छन् ।

फाइनान्स तथा इन्स्योरेन्स कम्पनीहरुको समेत सहभागिता हुने मेलामा करिव चालिस हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्किम तथा छुटको व्यवस्था समेत गरिएको छ ।

मेला अवधिभर गाडी बुकिङ गर्ने गाहकहरु मध्येवाट लक्की ड्रमार्फत तीन जनालाई अर्कषक उपहारको व्यवस्था गरिने छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंका यी सडकमा आजदेखि एकतर्फी मात्र सवारी चलाउन पाइने

काठमाडौंका यी सडकमा आजदेखि एकतर्फी मात्र सवारी चलाउन पाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाले केही सडकलाई आजदेखि एकतर्फी (वान–वे)...

गाडी किन्ने योजना छ भने घट्दै छ अटो लोनको ब्याजदर

गाडी किन्ने योजना छ भने घट्दै छ अटो लोनको ब्याजदर

विभिन्न बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । यस...

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...