बीवाईडीको नयाँ ८ सिरिज ट्याङ इलेक्ट्रिक एसयूभी सार्वजनिक

बीवाईडीले आफ्नो डायनेस्टी सिरिज विस्तार गर्दै नयाँ ८ सिरिज ट्याङ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। सो नयाँ एसयूभीले फुल चार्जमा ८०० किलोमिटरभन्दा बढी रेन्ज दिन सक्ने कम्पनीको दाबी छ।

सो एसयूभी ५ सिट क्षमतामा उपलब्ध हुनेछ भने ७ सिट विकल्पमा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। यसको लम्बाइ ५०४५ एमएम, चौडाइ १९८० एमएम, उचाइ १७६० एमएम र ह्विलबेस २९५० एमएम रहेको छ ।

कम्पनीले नयाँ ८ सिरिज ट्याङमा बीवाईडीको टीजेड२०५क्यूवाईडी परमानेन्ट म्याग्नेट सिन्क्रोनस इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। सो मोटरले ४०० हर्सपावर जेनेरेट गर्ने कम्पनीको दाबी छ। साथै सो एसयूभीले टप स्पिड २५० किलोमिटर प्रतिघण्टा भएको कम्पनीले बताइएको छ ।

कम्पनीका अनुसार नयाँ ८ सिरिज ट्याङले फुल चार्जमा ८०० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्न सक्नेछ। कम्पनीले हालसम्म यसको ब्याट्री क्षमताबारे विस्तृत जानकारी सार्वजनिक नगरे पनि यसमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधि प्रयोग हुने अपेक्षा गरिएको छ। साथै, यसमा उच्च गतिको फ्ल्यास चार्जिङ सुविधा र डिसस ए इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टमजस्ता एड्भान्स प्रविधि पनि समावेश गरिनेछ ।

हालसम्म बीवाईडीले ८ सिरिज ट्याङको आधिकारिक मूल्य र लन्च हुने मिति भने सार्वजनिक गरेको छैन। यद्यपि सो मोडल सन् २०२६ को दोस्रो त्रैमासिकमा लन्च हुने अपेक्षा गरिएको छ। कम्पनीको लाइनअपमा यो ट्याङ एल र ९ सिरिज दा ट्याङ बीचको मोडलका रूपमा रहने अनुमान गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...