टेस्ला मोडल३ को प्रतिस्पर्धी सीललाई विवाइडीले अटो एक्सपो २०२३ मा प्रदर्शन गर्ने

अटो एक्सपो २०२३ मा चीनीयाँ अटो उत्पादक विवाइडीले तीनवटा इलेक्ट्रिक कारलाई प्रदर्शनीमा राख्ने भएको छ । विवाइडीले नयाँ मोडल सील सहित एट्टो३ र इ६ एमपीभीलाई प्रदर्शनीमा राख्ने भएको हो । जसमध्ये सील भारतीय वजारका लागी विल्कुलै नयाँ मोडल हो ।

अन्तराष्ट्रिय बजारमा टेस्ला मोडल३ संग प्रतिस्पर्धा गरिरहेको सेडान कार सिलमा विवाइडीले ६१.४ र ८२.५ किलोवाट आवरको व्याट्री प्याक दिएको छ । यो कारले सिंगल चार्जमा ७०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यो कार विवाइडीको ई प्लेटफर्म ३.० मा आधारित रहेको छ ।

कारमा सिंगल र डुअल मोटर पावरट्रेनको अप्सन दिइएको छ । जसमध्ये रियल ह्विल ड्राइभको सिंगल मोटरले २०४ एचपी पावर र ठूलो व्याट्री प्याक जडान गरिएको भेरिएन्टले ३१२ एचपी पावर दिने दावी छ । यसको डुअल मोटर जडित मोडलमा अल ह्विल ड्राइभ सिस्टमा जडान गरिएको छ । जसको पावर ५३० एचपीसम्म रहेको छ ।

यो नयाँ कारमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट डिस्प्ले र १०.२५ इन्चको डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर एवं हेडअप डिस्प्ले दिइएको छ । फ्लटिङ टचस्क्रिन ड्यासवोर्ड, दुईवटा वायरलेस चार्जिङ प्याड र विचमा दिइएको एसी भेन्ट लगायत फिचरले सिललाई अत्याधुनिक र सुविधासम्पन्न इलेक्ट्रिक कारका रुपमा विम्वित गरेको छ ।

सम्बन्धित समाचारहरू

डोङफेङ नामीको अत्याधुनिक शोरुम  नागपाेखरी नक्सालमा खुल्दै, खुल्याे टेस्ट ड्राइभ

डोङफेङ नामीको अत्याधुनिक शोरुम नागपाेखरी नक्सालमा खुल्दै, खुल्याे टेस्ट ड्राइभ

काठमाडौं – काठमाडौंको नक्सालमा डोङफेङ नामीको अत्याधुनिक शोरुम खुल्ने...

यामाहाले जापानमा ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ‘जोग ई’

यामाहाले जापानमा ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ‘जोग ई’

यामाहा मोटरसाइकलले नयाँ यामाहा जोग ई इलेक्ट्रिक स्कुटर पेश गरेको छ। शहरी...

१० लाख ७५ हजारको बाइक २ लाख डाउन पेमेन्ट र १ लाख एक्सचेन्ज बोनस सहित उपलब्ध

१० लाख ७५ हजारको बाइक २ लाख डाउन पेमेन्ट र १ लाख एक्सचेन्ज बोनस सहित उपलब्ध

काठमाडौं – नेपालका लागि अल्ट्राभायोलेट बाइकको आधिकारिक वितरक केडिया...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...