१० हजार चार्जिङ साइकलको नयाँ सल्फाइड सोलिड–स्टेट ब्याट्री ल्याउँदै बीवाईडी

बीवाईडीले आफ्नो सल्फाइड सोलिड–स्टेट ब्याट्रीमा प्राविधिक प्रगति हासिल गरेको बताएको छ । कम्पनीले साइकल लाइफ र द्रुत–चार्जिङ कार्यसम्पादनमा सुधारको रिपोर्ट जारी गरेको हो ।

कम्पनीको लगानीकर्ता सम्बन्ध विभागले सल्फाइड इलेक्ट्रोलाइट्सलाई प्रमुख फोकसको रूपमा हाइलाइट गर्दै, सोलिड–स्टेट प्रविधिमा धेरै विकास मार्गहरू पुष्टि गरेको छ ।

सल्फाइड सोलिड–स्टेट ब्याट्रीहरूको अतिरिक्त बीवाईडीले आफ्नो तेस्रो–पुस्ताको सोडियम–आयन प्लेटफर्मलाई समेत अगाडि बढाइरहेको छ । यो प्रविधिले १० हजार चार्ज साइकलसम्म सपोर्ट गर्ने दाबी गरिएको छ ।

कम्पनीले २०२७ को आसपासमा पूर्ण सोलिड–स्टेट ब्याट्री सहितको केही मोडल लन्च गर्ने तयारी गरेको छ भने २०३० पछि यस प्रबिधीलाई ठूलो मात्रामा अपनाउने योजना बनाएको छ ।

सल्फाइड सोलिड–स्टेट ब्याट्रीहरूमा बीवईडीको सफलताले ऊर्जा घनत्व, स्थायित्व र छिटो चार्ज क्षमतामा मापनयोग्य प्रगति हासिल गर्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...