नेपालमा सम्पन्न भयो बीवाईडीको साउथ एसिया रिजनल डिलर मिट २०२२

काठमाडौं – विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक कम्पनी बीवाईडीको ‘साउथ एसिया रिजनल डिलर मिट २०२२’ नेपालमा सम्पन्न भएको छ । गत नोभेम्बर २४ मा सम्पन्न सो कार्यक्रममा बीवाईडी हेडक्वाटर सान्जेनका प्रतिनिधिहरु, बीवाईडी इन्डिया र नेपालको आधिकारिक वितरक साइमेक्स इंकको सहभागिता रहेको थियो ।

विश्वमा ईभी प्रतिको चाख बढ्दै गएसँगै दक्षिण एशियाका देशहरुमा पनि ईभीको उपभोग बढ्दो क्रममा रहेको छ । ईभीको बजारलाई लिड गर्ने उद्देश्यका साथ गएको ६ महिनामा नेपाल र इन्डियामा बीवाईडीका शोरुम, वर्कसप, चार्जिङ स्टेशन जस्ता आवश्यक पूर्वाधार तीब्र गतिमा विस्तार भइरहेका छन्।

काठमाडौंमा भएको दक्षिण एशियाली डिलरहरुको सम्मेलनमा बीवाईडीको साउथ एशिया हेर्ने डेपुटी जनरल म्यानेजर केत्सु जाङले कम्पनीको योजना र विश्वभर बीवाईडीको बिक्रीको अवस्थाको विषयमा चर्चा गरेका थिए । बीवाईडीको न्यु इनर्जी भेइकलको बिक्री संख्या ३० लाख पुगेको भन्दै जाङले बीवाईडीको दक्षिण एशिया क्षेत्रका डिलर पार्टनर र कम्पनी बीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी ईभीको प्रयोगमा दक्षिण एशियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरेकी थिइन् । नेपालमा ईभी प्रयोगको वर्तमान अवस्थाको बारेमा जानकारी दिदै उनले नेपालमा नयाँ दर्ता हुने सवारी मध्ये १० प्रतिशतभन्दा बढी ईभीको संख्या पुगेको बताइन् । नेपाल सरकार, यहाँका व्यवसायी र उपभोक्ताको कारण यो सम्भव भएको बताउदै उनले बीवाईडीको नयाँ क्रान्तिकारी ‘स्टेट अफ आर्ट टेक्नलोजी’का कारण ईभीको प्रयोग यहाँ बढ्दै गएको बताइन् ।

बीवाईडी इन्डियाका विभिन्न दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, बंगलोर, आन्ध्र प्रदेश, कर्नाटका लगायत १३ सहरका डिलर ग्रुपको सो अवसरमा सहभागिता रहेको थियो । उक्त कार्यक्रमममा इन्डियाका सहभागीहरुले लन्च भएको १ महिनामै ६ सय ईभी६ र १ हजार ५ सय एट्टो ३ बुकिङ भएको जानकारी दिएका थिए ।

नेपालमा बीवाईडीको एक मात्र आधिकारिक वितरकको रुपमा साइमेक्स इंक रहेको छ । साइमेक्सले काठमाडौं, ललितपुर, पोखरा, चितवन, विराटनगर, विर्तामोड, बुटवल, नेपालगन्ज धनगढीमा डिलर नेटवर्क विस्तार गरिसकेको छ ।

साइमेक्सले हालैमात्र काठमाडौको नक्सालमा ‘स्टेट अफ आर्ट शोरुम’ को संचालन गर्नुका साथै बीवाईडीको पहिलो एसयूभी एट्टो ३ समेत लन्च गरेको छ ।

सम्बन्धित समाचारहरू

सिन्धुलीमा एमजी एस५ ईभीको टेस्ट ड्राइभ

सिन्धुलीमा एमजी एस५ ईभीको टेस्ट ड्राइभ

काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

३० प्रतिशत डाउपेमेन्टमा इभोक इलेक्ट्रिक मोटरसाइकल, ब्याजदर १५.५ प्रतिशत

३० प्रतिशत डाउपेमेन्टमा इभोक इलेक्ट्रिक मोटरसाइकल, ब्याजदर १५.५ प्रतिशत

काठमाडौं– इभोक इलेक्ट्रिक मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक...

नेपाली बजारमा समेत लोकप्रिय बने चिनियाँ ईभी, थपिदै ब्रान्ड

नेपाली बजारमा समेत लोकप्रिय बने चिनियाँ ईभी, थपिदै ब्रान्ड

विश्वमै तहल्का मच्चाउने गरी अगाडि बढिरहेको इलेक्ट्रिक भेइकल बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...