९०० किलोमिटर रेन्ज दिने बीवाईडीको नयाँ एसयूभी लन्च, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–बीवाईडीले आफ्नो नयाँ एसयूभी सीलियन ०८ चिनियाँ बजारमा लन्च गरेको छ । प्लग–ईन हाइब्रिड र ब्याट्री इलेक्ट्रिक दुवै भेरियन्टमा उपलब्ध यो नयाँ गाडीमा कम्पनीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।

चीनमा यसको सुरुवाती मूल्य ३३ हजार ८ सय अमेरिकी डलरदेखि अधिकतम ४१ हजार २ सय डलरसम्म तोकिएको छ । नयाँ सीलियन ०८ लाई ओसियन एस्थेटिक्स २.० डिजाइन ल्याङ्ग्वेजमा आधारित रहेर बनाइएको हो ।

एसयूभीको अगाडि १३२ वटा उच्च क्षमताका एलईडी लाइटसहितको आइस आई डे–टाइम रनिङ लाइट राखिएको छ भने पछाडि १,९८२ एमएमको आकर्षक टेललाइट छ । ५,११५ एमएम लम्बाइ, १,९९९ एमएम चौडाइ र १,८०० एमएम उचाइ रहेको यस एसयूभीको ह्विलवेश भने ३,०३० एमएम रहेको छ । ग्राहकले यसलाई ५–सीटर र ६–सीटर दुवै सिटिङ कन्फिगरेसनमा रोज्न सक्नेछन् ।

सिलायन ०८ को क्याबिनलाई निकै आधुनिक र प्रविधिमैत्री बनाउन यसमा १७.३ इन्चको सेन्ट्रल स्क्रिन, १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र २६ इन्चको एआर–एचयूडी समावेश गरिएका छन् । पछाडि बस्ने यात्रुको मनोरञ्जनका लागि २१.४ इन्चको सिलिङ स्क्रिन र २५ वटा स्पिकरयुक्त डेवियालेट साउन्ड सिस्टम राखिएको छ ।

यसबाहेक क्याबिनभित्रै ७.३ लिटरको रेफ्रिजरेटर, अगाडिका सिटमा १० पोइन्ट मसाज सुविधा र ६ सीटर भेरियन्टमा जिरो–ग्रयाभिटी सिटको व्यवस्था गरिएको छ ।

यस एसयूभीको इलेक्ट्रिक भेरियन्टमा ११५.०७२ किलोवाट आवारको दोस्रो पुस्ताको ब्लेड ब्याट्री जडान गरिएको छ, जसले सिंगल मोटर र डुअल मोटर अप्सनमा ८०० देखि ९०० किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने दाबी गरिएको छ ।

प्लग–इन हाइब्रिड भेरियन्टमा ५५.८४३ किलोवाट आवारको ब्याट्री र १.५ लिटरको टर्बो इन्जिन जडान गरिएको छ, जसले ३५० देखि ४०० किलोमिटरसम्मको प्योर इलेक्ट्रिक रेन्ज र कुल १,६५० किलोमिटरसम्मको संयुक्त रेन्ज प्रदान गर्छ ।

गाडीमा सस्पेन्सन नियन्त्रणका लागि डिसस–ए एयर सस्पेन्सन र गाड्स आई ५.० इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम जडान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...