बीवाईडी सिगलले पार ग-यो १० लाख युनिटको ग्लोबल सेल, ल्यायो नयाँ फ्रि एडिसन

विश्वकै अग्रणी इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीले आफ्नो लोकप्रिय मोडल सिगलको १० लाख युनिट बिक्री भएको बताएको छ । छोटो अवधिमा ‘एक मिलियन’ टार्गेट पुरा हुन यो मोडलको लागि सफलता मान्न सकिने र कम्पनीका लागि ठूलो उपलब्धि रहेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा समेत प्रतीक्षा गरिएको बीवाईडीको ह्याचब्याक कार सिगल संसारभर लोकप्रिय बनेको छ । यो गाडी सार्वजनिक भएको २७ महिनाको अवधिमा १० लाख युनिट बिक्री हुनुले यसको लोकप्रियतालाई पुष्टि गरेको छ ।

छोटो आकार, स्मार्ट प्रविधि र वातावरणमैत्री डिजाइनका कारण सिगल विश्वभर लोकप्रिय छ । यो मोडलले युरोपदेखि ल्याटिन अमेरिका हुँदै एशिया र अफ्रिकासम्मका बजारमा बलियो उपस्थिति बनाएको छ ।

यो महत्वपूर्ण उपलब्धि हासिल भएको अवसरमा बीवाईडीले नयाँ भेरिएन्टको रुपमा सिगल फ्रि एडिसन सार्वजनिक गरेको छ । करिव १० हजार ८ सय डलर पर्ने बीवाईडी सिगल फ्रि एडिसनमा अपग्रेड गरिएको ब्राइट क्याबिन, थप सेफ्टी फिचर र सीएलटीसीबाट प्रमाणित ४०५ किलोमिटर रेन्ज दिने क्षमता छ ।

सन् २०२३ को अप्रिलमा पहिलो पटक बीवाईडी सिगल लन्च गरिएको थियो । बीवाईडीको नयाँ फ्रि एडिसन ई–प्लेटफर्म ३.० मा बनेको छ र यसमा ५५ किलोवाटको मोटर प्रयोग गरिएको छ । पहिले देखि नै उपलब्ध बीवाईडी सिगल भने नेपाली बजारमा पनि केही समयमै उपलब्ध हुने अनुमान गरिएको छ ।

बीवाइडीको ई–प्लेटफर्म ३.० मा बनेको सिगलमा इलेक्ट्रिक एड्जस्टेवल ड्राइभर सिट दिइएको छ । चीनमा ३ वटा भेरिएन्टमा उपलब्ध नयाँ सिगलमा ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३०५ र ४०५ किलोमिटरसम्म रेन्ज पाइने दावी गरिएको छ । कारमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिइएको छ भने यसले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।

सो नयाँ कारको इन्टेरियरमा १०.१ इन्चको रोटेवल इन्फोटेन्मेन्ट सिस्टम र ७ इन्चको इन्स्ट्रयुमेन्ट क्लष्टर राखिएको छ । साथै यसमा ओटीए अपडेट, चारवटा स्पीकर, भ्वाइस इन्ट्रिगेसन, इन–कार वाईफाई, फोरजी नेटवर्क र किलेस इन्ट्री जस्ता फिचर उपलब्ध गराइएको छ ।

बीवाईडीले यसअघि नेपाल ल्याएको एट्टो ३ र डल्फिनजस्तै सिगल पनि सफल हुने अपेक्षा गर्न सकिन्छ । कम्प्याक्ट एसयुभीमा एट्टो३ र प्रिमियम ह्याचब्याकमा डल्फिन जस्तै इन्ट्रि लेभल ह्याचब्याकमा पनि सिगल मार्केट लिडर बन्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

कुन इलेक्ट्रिक कारको वास्तविक रेन्ज कति ? परीक्षणमा पत्ता लाग्यो यस्ताे नतिजा

कुन इलेक्ट्रिक कारको वास्तविक रेन्ज कति ? परीक्षणमा पत्ता लाग्यो यस्ताे नतिजा

हालै अटोकार इन्डियाले भारतमा पाइने १० उत्कृष्ट इलेक्ट्रिक कारको वास्तविक...

चांगनको इलेक्ट्रिक एसयूभी नेपाल आउने

चांगनको इलेक्ट्रिक एसयूभी नेपाल आउने

काठमाडौं– चांगन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि...

विश्वको पहिलो सोलार इलेक्ट्रिक कार, जुन महिनौंसम्म चार्ज नगरी चल्ने छ

विश्वको पहिलो सोलार इलेक्ट्रिक कार, जुन महिनौंसम्म चार्ज नगरी चल्ने छ

विश्वमा इलेक्ट्रिक कारको क्रेज बढेसँग अटो निर्माता कम्पनीले सोलारबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...