भारतमा ईभीको बिक्री दोब्बरले बृद्धि, कुल बिक्रीमा ईभीको हिस्सा ५ प्रतिशत
विश्वको तेस्रो ठूलो अटो बजार भारतमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै...
वीवाइडी यो वर्षका लागि चीनको सवैभन्दा मूल्यवान अटो ब्रान्ड वनेको छ । ग्लोबल ब्रान्ड भ्यालुएसन कन्सल्टेन्सी ब्रान्ड फाइनान्सले वीवाइडी चीनको सबैभन्दा मूल्यवान अटो ब्रान्ड बनेको जनाएको हो । यसको ब्रान्ड मूल्य ५७ प्रतिशतले वढेर १० अर्व डलर पुगेको छ । गत वर्ष वीवाइडीको ब्रान्ड मूल्य ६ अर्व ४० करोड डलर रहेको थियो ।
उसको विश्वव्यापी वरीयता भने १२ औं स्थानमा रहेको छ । पहिलो स्थानमा ६६.२ अर्व डलर सहित टेस्ला रहेको छ भने दोस्रो स्थानमा रहेको मर्सिडिज वेन्जको ब्रान्ड मूल्य ५८.८ अर्व डलर छ । गत वर्ष वरियतामा टोयोटा पहिलो, दोस्रोमा मर्सिडिज वेन्ज र तेस्रोमा टेस्ला रहेका थिए । यस वर्ष तेस्रोमा टोयोटा, चौथोमा वीएमडव्लू र पाँचौमा पोर्स परेका छन् ।
भारतबाट महिन्द्रा सर्बाधिक मूल्यवान अटो व्रान्ड वनेको छ भने उसलाई मारुती सुजुकी र बजाजले पछ्याइरहेको छ । विश्वव्यापी वरियातामा महिन्द्राको स्थान भने ३० स्थानमा रहेको छ । प्रत्येक वर्ष ब्रान्ड फाइनान्सले ५ हजार ठूला ब्रान्डहरूलाई परीक्षणको लागि राख्दै १०० भन्दा बढी रिपोर्टहरू प्रकाशित गर्दै आएको छ । यसले सबै क्षेत्रहरू र देशहरूमा ब्रान्डहरूको श्रेणी निर्धारण गर्दछ ।
विश्वको तेस्रो ठूलो अटो बजार भारतमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै...
काठमाडौं–दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...
लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...