भाटभटेनीमा बन्दैछ ४४ गाडी राख्न मिल्ने २५ मिटर अग्लो स्मार्ट पार्किङ, छिट्टै सञ्चालनमा आउने
काठमाडौं – भाटभटेनीले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा निजी प्रयोजनका...
नेपाली बजारमा औपचारिक रुपमा भित्रिने तयारीमा रहेको बीवाईडी एम६ मलेसियामा नम्बर वान बीईभी अर्थात ब्याट्री इलेक्ट्रिक भेइकल बनेको छ । गत नोभेम्बर महिनामा मलेसियामा २३५ युनिट बिक्री भएको बीवाईडी एम६ ले टेस्ला मोडल ३ लाई उछिनेर सो रेकर्ड हासिल गरेको हो । टेस्ला मोडल ३ १९७ युनिट बिक्री भएको थियो । जेपीजे भेइकल रजिस्ट्रेसन डाटा अनुसार सो तथ्य वाहिर आएको हो ।
मलेसियामा बीवाईडी एम६ को स्ट्यान्डर्ड भेरिएन्टको मूल्य १ लाख १० हजार ५ सय आरएम र एक्सटेन्डेड भेरिएन्टको मूल्य १ लाख २४ हजार ५ सय आरएम रहेको छ ।
स्ट्यान्डर्ड भेरिएन्टमा ५५.४ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले एनईडीसी टेस्ट साइकल अनुसार ४२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । त्यसैगरी एक्सटेन्डेड भेरिएन्टमा ७१.८ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले एनईडीसी टेस्ट साइकल अनुसार ५३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
त्यसैगरी दक्षिण पूर्वी एसियाको सबैभन्दा ठूलो कार बजार मानिने इन्डोनेसियामा यो वर्षको जुलाईमा बीवाईडी एम६ लन्च गरिएको थियो । सुरुवाती समय देखि नै इन्डोनेसियाली बजारबाट राम्रो प्रतिक्रिया पाएको यो एमपीभी गत अक्टोबर देखि नोभेम्बर सम्म दुई महिना लगातार इन्डोनेसियामा बिक्री हुने टप १० बेस्ट सेलिङ कारमा पर्न सफल भएको छ ।
अक्टोबरमा सो गाडी १ हजार ८६६ युनिट बिक्री भएर आठौ नम्बरमा पर्न सफल भएको थियो । नोभेम्बरमा एक स्थान तल झरेर नवौं स्थानमा रहन सफल भयो । नोभेम्बरमा १ हजार ७७० युनिट बीवाईडी एम६ बिक्री भएको थियो ।
इन्डोनेसियाको अटोमोटिभ इन्डष्ट्री एसोसिएसन, गाइकिन्डोले प्रकाशित गरेको तथ्यांक अनुसार इन्डोनेसियामा दुवै महिनामा बिक्री भएका कार मध्ये पहिलो नम्बरमा टोयोटा एभेन्जा र दोस्रो नम्बरमा होन्डा ब्रिओ रहेका छन् ।
बीवाईडी एम६ नेपाली बजारमा पनि भित्रिने तयारीमा रहेको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले यसको बुकिङ खुला गरेको छ ।
काठमाडौं – भाटभटेनीले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा निजी प्रयोजनका...
टेस्ला मालिक एलन मस्कलाई सन् २०२४ को सुरुवातमै नराम्रो झड्का लागेको छ ।...
वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पांग्रे...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...