विवाइडीले ल्यायो याङवाङ व्राण्डमा इलेक्ट्रिक सुपर कार र आफैले विकास गरेको नयाँ प्रविधी

विवाइडीले प्रिमिय एसयूभी र सुपर कार उत्पादनका छुट्टै नयाँ व्राण्ड याङवाङ सार्वजनिक गरेको छ । सथै कम्पनीले यो नयाँ व्राण्ड नेममा निर्माण गरिएको अत्याधुनिक इलेक्ट्रिक सुपर कार यू९ लाई विहिवार चीनमा सार्वजनिक गरेको छ । यो सुपरकार संगै कम्पनीले अर्को हार्डकोर एयूभी यू८ लाई पनि लन्च गरेको छ ।

यी दुई नयाँ गाडीसंगै उसले आफ्नो नयाँ प्रविधी इसिफ्याङलाई समेत सार्वजनिक गरेको छ । यो नयाँ प्रविधीको विकास विशुद्ध रुपमा विवाइडी आफैले गरेको जनाइएको छ । यो नयाँ प्रविधीमा गाडीको सवै चक्कामा फरक तरिकाले पावर दिन प्रत्येक चक्काको साइडमा मोटर जडान गरिएको हुन्छ ।

जसको साहयताले गाडीलाई ३६० डिग्रीसम्म मोड्न, रियल टाइम ह्विल टर्कलाई रेगुलेट गर्न र स्टेरिङ ह्विल फेल भएमा गाडीलाई सजिलै कन्ट्रोल गर्न सकिन्छ । यो नयाँ प्रविधीलाई कम्पनीले पहिलोपटक यू८ र यू९ दुवै मोडलमा प्रयोग गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको यू९ इलेक्ट्रिक सुपर कारका वारेमा विस्तृत रिपोर्टहरु वाहिर नआइसकेपनि यो हालसम्मकै अत्याधुनिक र पावरफूल इलेक्ट्रिक कार रहेको दावी गरिएको छ । यो कारलाई स्टार्ट गरेको २ सेकेन्डमै शून्यदेखी १०० किलोमिटरसम्मको गतिमा हाँक्न सकिन्छ । कारको मूल्य १ लाख ४५ हजार डलर पर्ने आँकलन गरिएको छ ।

सम्बन्धित समाचारहरू

टिभिएसले आज आईक्यूवको लङ रेन्ज भेरियन्ट लन्च गर्ने

टिभिएसले आज आईक्यूवको लङ रेन्ज भेरियन्ट लन्च गर्ने

भारतीय टु ह्विलर निर्माता टिभिएस मोटर्सले आज आफ्नो इलेक्ट्रिक स्कुटर...

रसुवा नाकाबाट एकै दिन ल्याइयो २२ वटा विद्युतीय माइक्रोबस

रसुवा नाकाबाट एकै दिन ल्याइयो २२ वटा विद्युतीय माइक्रोबस

रसुवा – नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका...

सवारी साधन पार्ट्स र अन्य व्यवसायीका लागि काठमाडौं महानगरले तोक्यो यस्तो दर

सवारी साधन पार्ट्स र अन्य व्यवसायीका लागि काठमाडौं महानगरले तोक्यो यस्तो दर

काठमाडौं – काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सवारी साधन सम्बन्धी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...