इजरायली स्टार्टअप इलेक्ट्रोनले दियो वायरलेस चार्जिङ रोडवेमा नरोकिई करिव २ हजार किमी रेन्ज
टोयोटाको इलेक्ट्रिक कारले वायरलेस चार्जिङ रोडवेमा नरोकिई १ हजार २ सय माइल...
रेकर्ड नम्बरमा इलेक्ट्रिक कार बिक्री गर्न सफल भएका कारण बीवाईडीको गत वर्षको नाफा झन्डै ५ गुणाले बढेको छ । यसका कारण बीवाईडीले टेस्लाको बजार हिस्सा समेत खोसेको छ ।
कम्पनीले हालै सार्वजनिक गरेको विवरण अनुसार खुद आम्दानी करिव ४४६ प्रतिशत बढेर करिव १६.६ अर्ब युआन अर्थात २.४ अर्ब डलर पुगेको छ । यो भन्दा पहिले गत जनवरीको अन्त्यमा कम्पनीले करिव १६ अर्ब देखि १७ अर्ब युआन प्रारम्भिक नाफा हुने प्रक्षेपण गरेको थियो ।
बीवाईडीले सन् २०२२ मा १८ लाख ६० हजार इलेक्ट्रिक र प्लग इन हाइब्रिड कार बिक्री गरेको छ । यो भन्दा पहिले चार वर्ष बिक्री गरेको कारको संख्या भन्दा यो संख्या धेरै हो र चीनमा बिक्री हुने न्यु इनर्जी भेइकल बिक्री संख्याको यो करिव ३० प्रतिशत हो । यी मध्ये करिव आधा चाहिं ब्याट्रीबाट चल्ने सवारी साधन हुन् । टेस्लाले भने यो अवधिमा १३ लाख १० हजार ईभी बिक्री गरेको छ ।
बीवाईडीले फोसिल फ्युलबाट संचालन हुने सवारी साधन उत्पादन कार्य गत वर्ष देखि नै बन्द गरेको छ । कम्पनीले उत्पादन गर्ने नयाँ लक्जरी ईभीले आगामी दिनमा आम्दानीमा अझै वृद्धि गर्ने अनुमान गरिएको छ । यद्यपि टेस्लालो आफ्ना सवारी साधनको मूल्यमा कटौती गरिरहेका कारण बीवाईडीलाई पनि असर पुग्ने अनुमान गर्न सकिन्छ ।
बीवाईडइीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बढाउदै नर्वे, डेनमार्क, युके, थाइल्यान्ड र अष्ट्रेलियामा समेत आफ्ना उत्पादन पु¥याएको छ ।
नेपालमा पनि बीवाईडीको आधिकारिक वितरकको रुपमा साइमेक्स इंकले बजार विस्तार गरिरहेको छ । हालै मात्र १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ भित्रिएको छ भने बीवाईडी ई६ र एम३ समेत उपलब्ध छन् ।
टोयोटाको इलेक्ट्रिक कारले वायरलेस चार्जिङ रोडवेमा नरोकिई १ हजार २ सय माइल...
काठमाडौँ – ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक, एसपीजी...
चीनको घरेलु अटोमोबाइल बजारमा चांगानले एक नम्बरको बीवाईडीलाई पछ्याइरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...