हुन्डाई र कियाको बजार चिर्न बीवाईडीले कोरियामा दोब्बर सेल्स नेटवर्क बनाउँने, देखायो अर्को मोडल

दक्षिण कोरियाली बजारमा रहेको हुन्डाई र कियाको बजारलाई चिर्नका लागि चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले आफ्नो सेल्स नेटवर्कलाई बढाउने बताएको छ ।

बीवाईडीको एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले कोरियाली ग्राहकको चाहना अनुसार हाल भइरहेको १५ सेल्स नेटवर्कलाई बढाएर यो वर्ष भित्रै ३० पु¥याउने बताए । दक्षिण कोरियाको इल्सान सिटीमा चलिरहेको सिउल मोबिलिटी शोको सन्दर्भमा उनले सो कुरा बताएका हुन् ।

बीवाईडी दक्षिण कोरियाली बजारमा प्रवेश गरेको धेरै लामो समय भने भएको छैन । गत जनवरीमा बीवाईडीले बीवाईडी एट्टो ३ इलेक्ट्रिक एसयूभीका साथ बीवाईडी प्रवेश गरेको थियो । आक्रामक बजार र मूल्य रणनीतिका लागि परिचित चिनियाँ कम्पनी बीवाईडीका लागि दक्षिण कोरियाली बजार भने कठिन नै हुने अनुमान गरिएको छ ।

दक्षिण कोरियाका घरेलु कार निर्माता कम्पनी हुन्डाई र कियाले गत वर्ष १२ लाख कार बिक्री गरेका थिए र उनीहरुको बजार हिस्सा ७५ प्रतिशत छ ।

हाल चलिरहेको सिउल मोबिलिटी शोमा बीवाईडीले सिल मिड–साइज सेडान सार्वजनिक गरेको छ । सबै छुट कटाएर यसको मूल्य ४ करोड ७५ लाख वन अर्थात ३२ हजार ४०० डलर छ । यी वाहेक बीवाईडीले सबै गरी ६ मोडल सोकेस गरेको छ ।

बीवाईडीले यो वर्ष विभिन्न नयाँ प्रविधि समेत सार्वजनिक गरिरहेको छ । केही समय पहिले मात्र उही मूल्यमा गड्स आई नामक स्मार्ट ड्राइभिङ टेक्नोलोजी उपलब्ध गराउने घोषणा गरेको छ भने ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर गुड्न सक्ने अल्ट्रा–फास्ट चार्जिङ सिस्टम सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचारहरू

नेदरल्याण्डले सौर्य उर्जाबाट चल्ने कार निर्माण गर्ने, रेन्ज ६२४ किलोमिटर

नेदरल्याण्डले सौर्य उर्जाबाट चल्ने कार निर्माण गर्ने, रेन्ज ६२४ किलोमिटर

नेदरल्याण्डको लाइटइयर कम्पनीले विगत छ वर्षदेखि सौर्य ऊर्जामा चल्ने ईभीमा...

५० प्रतिशत फाइनान्स सुबिधामा ओकिनावा इलेक्टिक स्कुटर किन्न सकिने

५० प्रतिशत फाइनान्स सुबिधामा ओकिनावा इलेक्टिक स्कुटर किन्न सकिने

ओकिनावा स्कुटरको खरिदमा माछापुच्छे« बैंकले फाइनान्स सुबिधा दिने भएको छ ।...

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...