सेरेसको शोरुम खुल्यो पोखराको नागढुंगामा, ग्राहकलाई गाडी हस्तान्तरण
पोखरा – विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने...
बीवाईडीले ल्याएको फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’ को चर्चा चुलिएको छ । बीवाईडीले सबै मोडलमा उपलब्ध गराउने सो फिचरका कारण एक्सपेङ र गिली अटो लगायतका चाइनिज कार निर्माता कम्पनीहरुको सेयर मूल्यमा समेत गिरावट आएको छ ।
बीवाईडीले आफ्ना २१ मोडलमा ‘गड्स आई’ एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडास) उपलब्ध गराउने घोषणा गरेको छ । बीवाईडीको प्रतिस्पर्धी कम्पनी टेस्लाले समेत यस्तै सिस्टम उपलब्ध गराइरहेको छ । यसका लागि बीवाईडीले थप मूल्य समेत नलिने बताएको छ । सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ । यसको मूल्य ९ हजार ५५५ डलर छ ।
बीवाईडीको यो कदमबाट नयाँ प्राइस वार समेत हुने विश्लेषकहरुको भनाइ छ । चाइनिज आर्टिफिसियल स्टार्टअप डिपसिकको समेत ईभीमा प्रवेशको चर्चा चलिरहेको समयमा बीवाईडीको यो कदमबाट अर्को रोचकता थपिएको छ ।
गड्स आई एडास फिचर भित्र १२ क्यामेरा, ५ एमएम वेभ राडार, १२ अल्ट्रासोनिक राडार छन् । प्रयोग भएका १२ क्यामेरामा ३ वटा अगाडि, ५ पानारोमिक क्यामेरा, ४ साइड क्यामेरा प्रयोग भएको छ । पाँच वेभ राडारले ३६० डिग्री भ्यु खिच्नेछ । कारको अगाडि ३०० मिटरमा कहाँ के भइरहेको पत्ता लगाउने छ ।
बीवाइडीले ‘गड्स आई’ भनेको नयाँ एडास फिचर ए, बी र सी नामाकङ्कन गरेर ल्याएको छ । कम्पनीले कम मूल्यका कारमा सी, मिड रेन्जमा बी र टप प्रिमियम ब्रान्डमा ए भेरिएन्टको प्रयोग गर्नेछ ।
सन् २०२३ मा पहिलो पटक सार्वजनिक भएको गड्स आईले ड्राइभरलाई क्यामेरा र राडार सेन्सरमार्फत सहयोग गर्छ । यसबाट भ्यालेट पार्किङ, एडेप्टिभ क्रुजिङ र अटोमेटेड ब्रेकिङ लगायतका फिचर उपलब्ध हुन्छ ।
पोखरा – विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने...
काठमाडौं– सिंगापुरमा बीवाईडीले टोयोटाको बिक्रीलाई उछिनेको छ । चिनियाँ...
बिद्युतिय सवारीसधनले अहिले सबैलाई आकर्षित गरिरहेको छ । नेपालको सन्दर्भमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...