बीवाईडीद्वारा एकैपटक २०० प्रतिशत पुँजी वृद्धि, २०२५ मै बढाइयो २ पटक

चाइनिज इलेक्ट्रिक सवारी साधन तथा ब्याट्री निर्माता बीवाईडी कम्पनी लिमिटेडले रजिष्टर्ड क्यापिटल ३ खर्ब ३९ लाख युआनबाट बढाएर ९ खर्ब ११ अर्ब युआन पु-याएको छ । आईटी होमको कर्पोरेट रजिस्ट्रेसन डाटा अनुसार यो पहिले भन्दा २०० प्रतिशत बढी हो ।

चीनको कर्पोरेट सिस्टम अनुसार सेयर होल्डरहरुले कम्पनीमा लगानी गर्न तत्परता देखाएको रकमलाई रजिस्टर्ड क्यापिटलले प्रतिनिधित्व गर्छ । यो जति धेरै भयो, उति नै सप्लायर, पार्टनर र फाइनान्सियल इन्स्टिच्युसनहरुको विश्वसनियता पनि बढ्छ ।

बीवाईडीले यो वर्ष अर्थात सन् २०२५ मा यसरी दोस्रो पटक पुँजी बढाएको हो । यो भन्दा पहिले गत मे महिनामा २.९०९ खर्ब युआनबाट बढाएर ३.०३९ खर्ब युआन पु¥याइएको थियो ।

सन् १९९५ वाङ चुआन्फुको नेतृत्वमा बीवाईडी कम्पनी लिमिटेड स्थापना भए पश्चात हाल यसले विभिन्न क्षेत्रमा कार्य गरिरहेको छ । इलेक्ट्रिक कार वाहेक बीवाईडीले विभिन्न प्रकारका ब्याट्री, चार्जर, इलेक्ट्रोनिक प्रोडक्ट र तिनका एसेसरिज लगायत यसले बिक्री–वितरण गरिरहेको छ ।

बीवाईडीको फाइनान्सिलय रिपोर्ट अनुसार सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीले १५ खर्ब युआन अर्थात २ खर्ब १७ अर्ब डलर खुद नाफा गरेको छ भने सञ्चालन आय ३७१ खर्ब युआन अर्थात ५२ खर्ब डलर गरेको छ । यो अवधिमा रिसर्च एन्ड डेभलपमेन्टमा ४ खर्ब ३३ अर्ब डलर खर्च गरेको छ भने अन्तर्राष्ट्रिय बजारबाट १९ खर्ब डलर आम्दानी गरेको छ ।

जनवरी देखि अगस्ट सम्मको अवधिमा बीवाईडीले २८ लाख ६४ हजार सवारी साधन बिक्री गरेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा २३ प्रतिशत बढी हो । कम्पनीले सन् २०२५ मा ५५ लाख सवारी साधन बिक्री गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य पुरा गर्न कम्पनीले आगामी सेप्टेम्बर देखि डिसेम्बर सम्मको अवधिमा प्रतिमहिना ६ लाख ६० हजार सवारी साधन बिक्री गर्नु पर्नेछ ।

यद्यपि बीवाईडीले आफ्नो पुँजी वृद्धि वारेमा औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन । तर पनि यस प्रकारको वृद्धिले कम्पनीप्रति अन्य व्यक्ति र संस्थाहरुले राख्ने दृष्टिकोणमा भने धेरै नै फरक पर्छ । यसको सकारात्मक प्रभाव राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पर्ने आँकलन गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

काठमाडौं भित्रियो सिट्रोनको इलेक्ट्रिक कार ई–सी३, आइतबार देखि डेलिभरी शुरु गरिने

काठमाडौं भित्रियो सिट्रोनको इलेक्ट्रिक कार ई–सी३, आइतबार देखि डेलिभरी शुरु गरिने

काठमाडौं – केही दिन पहिले देखि बुकिङ शुरु गरिएको सिट्रोनको इलेक्ट्रिक कार...

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

काठमाडौं – जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...