सिंगापुरमा बीवाईडीको बिक्री चार गुना बृद्धि, टोयोटालाई पछि पार्दै बन्यो नम्वर–१

काठमाडौं– सिंगापुरमा बीवाईडीले टोयोटाको बिक्रीलाई उछिनेको छ । चिनियाँ ईभी निर्माता बीवाइएडीले पहिलोपटक टोयोटालाई पछि पार्दै सिंगापुरमा सर्बाधिक बिक्री हुने कार ब्रान्ड बनेको हो ।

उच्च कर लाग्ने कारण सिंगापुरलाई विश्वकै महंगो अटोबजारका रुपमा लिने गरिन्छ । जहाँ विगत लामो समयदेखी टोयोटाको बर्चश्व रहँदै आएको थियो । टोयोटापछि तेस्रो धेरै कार बिएमडब्लु बिक्री भएको छ ।

सन् २०२३ को तुललामा चार गुना बिक्री बढाउँदै बीवाईडीले गत वर्ष ६ हजार १९१ युनिट कार बिक्री गर्न सफल भएको हो । यसैगरी टोयोटाको बिक्री १४ प्रतिशतले बढेर कुल ५ हजार ७३६ युनिट पुगेको जनाइएको छ ।

न्यू इनर्जी भेइकलमा निकै आक्रमक बजार लिइरहेको बीवाईडी विश्व बजारर्मै सर्बाधिक बिक्री हुने ईभी ब्रान्ड समेत हो । यस ब्रान्डको प्रभाव पछिल्लो समय एसियाली बजारसहित यूरोप, अमेरिका र अफ्रिका महादेशमा समेत ब्यापक विस्तार भइरहेको छ ।

सम्बन्धित समाचारहरू

एमक्यूबद्वारा बीवाईडी नेपालसँगको सहकार्यमा काठमाडौं क्रोनिकल्सको घोषणा

एमक्यूबद्वारा बीवाईडी नेपालसँगको सहकार्यमा काठमाडौं क्रोनिकल्सको घोषणा

काठमाडौं – एमक्यूब नेपालले बीवाईडी नेपालसँगको सहकार्यमा काठमाडौं...

भारतमा पनि लोकप्रिय बन्दै बीवाइडी सिल, १५ दिनमै ५०० यूनिट बुक

भारतमा पनि लोकप्रिय बन्दै बीवाइडी सिल, १५ दिनमै ५०० यूनिट बुक

बीवाइडीको प्रिमियम इलेक्ट्रिक सेडान सील भारतमा पनि लोकप्रिय बन्न थालेको छ...

७० लाख न्यु इनर्जी भेइकल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी बन्यो बीवाईडी

७० लाख न्यु इनर्जी भेइकल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी बन्यो बीवाईडी

न्यु इनर्जी भेइकल र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै सर्वश्रेष्ठ कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...