बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो
बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन...
काठमाडौं–बीवाईडीको सर्बाधिक सफल बिद्युतिय एसयुभी एट्टो३ ले १० लाख युनिट बिक्री हाँसिल गरेको छ । १९ फेब्रुअरी २०२२ देखि बिक्री सुरु भएको एट्टो३ ले तीन वर्ष ९ महिनाको छोटो अवधीमै यस्तो उपलब्धी हँसिल गरेको हो ।
विश्वका ११० भन्दा बढि देशमा बिक्री हुँदै आएको एट्टो३ बीवाईडीको एक सफल र ग्लोवल मोडल हो । चीनमा युवान प्लस नामले बिक्री हुने यस एसयुभी नेपाल लगायत अन्य ग्लोबल मार्केटमा भने एट्टो३ कै नामबाट निर्यात भइरहेको छ ।
औपचारिक लन्च भएको पहिलो १४ महिनामै ३ लाख युनिट बिक्री भएको एट्टो३ ले त्यसको ठिक ६ महिनामा अर्को २ लाख युनिट कार बिक्री गरेको थियो । त्यसपछिको २५ महिनामा ५ लाख युनिट बिक्री हुँदै एट्टो३ ले तीन वर्ष ९ महिनामै १० लाख युनिट बिक्री पाएको हो ।
बिक्रीको यस आँकडालाई हेर्दा, एट्टो३ प्रत्येक १ घण्टामा ३० युनिट हाराहारी बिक्री हुँदै आएको छ भने प्रत्येक दिन ७१९, हप्तामा ५ हजार ३०२ र मासिक २० हजार १२९ युनिटका दरले बिक्री भइरहेको छ । बीवाईडीको डाइनष्टि सिरिज अन्तर्गत १० लाख युनिट बिक्रीको माइलस्टोन पुरा गर्ने यो तेस्रो मोडल हो ।
यसअघि बीवाईडी सील र क्विन सेडानले यस्तो उपलब्धी हाँसिल गरिसकेका छन् । साथै, ओसियन सिरिज अन्तर्गत सिगल मोडलले समेत बिक्रीमा आएको दुई वर्षमै १० लाख युनिट बिक्री पाइसकेको छ ।
बीवाईडी एट्टो३ नेपाली बजारमा समेत बिक्री हुँदै आएको बिद्युयित एसयुभी हो । साइमेक्स इंक प्रालि आधिकारिक वितर रहेको यस ईभीले नेपाल आएको सुरुवाती समयदेखि नै सर्बाधिक बिक्री हुने ईभी मोडलका रुपमा पहिचान कायम गरेको छ ।
एट्टो३ मा ४९.९२ किलोवाट आवर र ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक अप्सन पाउन सकिन्छ भने यसमा १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यस एसयुभीको डब्लुएलटिपी रेन्ज ३०५ र ४२० किलोमिटर छ भने मूल्य ५६ लाख ९० हजार र ६७ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन...
विद्युतीय सवारीसाधनको क्षेत्रमा विश्वव्यापी रुपमै अग्रणी कम्पनी...
चाइनिज इलेक्ट्रिक सवारी साधन तथा ब्याट्री निर्माता बीवाईडी कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...