बीवाईडी एट्टो ३ र टाटा कर्भ ईभी : कुन इलेक्ट्रिक एसयूभी उपयुक्त ?

इलेक्ट्रिक सवारी साधनको बढ्दो मागसँगै लगभग सबै अटोमेकरले आफ्ना इलेक्ट्रिक कारहरू लन्च गरिरहेका छन्, जसका कारण प्रतिस्पर्धा उल्लेखनीय रूपमा बढेको छ । साथै, मानिसहरू कुन इलेक्ट्रिक कार किन्दा फाइदाजनक हुन्छ भन्ने कुरामा अलमल्ल पर्न थालेका छन् ।

हाल इलेक्ट्रिक एसयूभी बजारमा दुई लोकप्रिय एसयूभी बीवाईडी एट्टो ३ र टाटा कर्भ ईभी बीच कडा प्रतिस्पर्धा देखिएको छ। यी दुवै गाडी आफ्नै विशेषतासहित आएका छन् ।

बीवाईडी एट्टो ३ एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ५६ लाख ९० हजार र ६७ लाख ८० हजार रुपैयाँ छ । टाटा कर्भ ईभीको माथिल्लो भर्सन मात्र नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ छ ।

बीवाईडी एट्टो ३ मा ४९.९२ किलोवाट र ६०.४८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक प्रदान गरिएको छ। यसको ४९.९२ किलोवाट ब्याट्री प्याकले ३४५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र ६०.४८ किलोवाट ब्याट्री प्याकले ४२० किलोमिटरसम्मको डब्लुएलटीपी ड्राइभिङ रेन्ज प्रदान गर्छ । टाटा कर्भ ईभीमा ५५ किलोवाट ब्याट्री प्याक प्रदान गरिएको छ, जसले ५०२ किलोमिटरसम्मको एमआईडीसी ड्राइभिङ रेन्ज दिन्छ।

बीवाईडी एट्टो ३ मा आधुनिक र आरामदायी इन्टेरियर दिइएको छ । यसमा स्मार्ट टच स्क्रिन इन्फोटेनमेन्ट, स्मार्ट रिभर्स पार्किङ असिस्ट र उन्नत ड्राइभिङ असिस्ट सिस्टम जस्ता फिचर र ७ एयरब्याग, अडेप्टिभ क्रूज कन्ट्रोल, लेन-किप असिस्ट, अटो इमर्जेन्सी ब्रेकिङ, एडास, एबीएस, ईबीडी, हिल-होल्ड असिस्ट, ३६०-डिग्री क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक र २९ उन्नत सेन्सर जस्ता सेफ्टी फिचर प्रदान गरिएको छ ।

टाटा कर्भ ईभीमा प्रिमियम इन्टेरियर र बढी स्पेस दिइएको छ । यसमा इन्फोटेनमेन्ट सिस्टम, कनेक्टिभिटी सुविधा र मनोरञ्जनको लागि स्मार्ट स्क्रिन प्रदान गरिएको छ । साथै सेफ्टीका लागि ६ एयरब्याग, लेभल २ एडास सुविधा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा, रियर पार्किङ सेन्सर, आईसोफिक्स चाइल्ड सिट एन्कर, हिल-स्टार्ट र डिसेन्ट असिस्ट र इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता फिचर प्रदान गरिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले कर्भको इलेक्ट्रिक संस्करण लन्च गर्ने, टिजर रिलिज

टाटा मोटर्सले कर्भको इलेक्ट्रिक संस्करण लन्च गर्ने, टिजर रिलिज

टाटा मोटर्सले भारतमा कर्भको इलेक्ट्रिक संस्करण लन्च गर्ने भएको छ ।...

टाटाका एस ईभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी अब इटहरीमा, के छ अफर ?

टाटाका एस ईभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी अब इटहरीमा, के छ अफर ?

काठमाडौं – नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी...

ईभीको हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्यलाई टाटा मोटर्सले गर्यो परिमार्जन

ईभीको हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्यलाई टाटा मोटर्सले गर्यो परिमार्जन

टाटा मोटर्सले सन् २०३० सम्ममा ईभीको हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्यमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...