बीवाईडी एट्टो ३ र टाटा कर्भ ईभी : कुन इलेक्ट्रिक एसयूभी उपयुक्त ?

इलेक्ट्रिक सवारी साधनको बढ्दो मागसँगै लगभग सबै अटोमेकरले आफ्ना इलेक्ट्रिक कारहरू लन्च गरिरहेका छन्, जसका कारण प्रतिस्पर्धा उल्लेखनीय रूपमा बढेको छ । साथै, मानिसहरू कुन इलेक्ट्रिक कार किन्दा फाइदाजनक हुन्छ भन्ने कुरामा अलमल्ल पर्न थालेका छन् ।

हाल इलेक्ट्रिक एसयूभी बजारमा दुई लोकप्रिय एसयूभी बीवाईडी एट्टो ३ र टाटा कर्भ ईभी बीच कडा प्रतिस्पर्धा देखिएको छ। यी दुवै गाडी आफ्नै विशेषतासहित आएका छन् ।

बीवाईडी एट्टो ३ एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ५६ लाख ९० हजार र ६७ लाख ८० हजार रुपैयाँ छ । टाटा कर्भ ईभीको माथिल्लो भर्सन मात्र नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ छ ।

बीवाईडी एट्टो ३ मा ४९.९२ किलोवाट र ६०.४८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक प्रदान गरिएको छ। यसको ४९.९२ किलोवाट ब्याट्री प्याकले ३४५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र ६०.४८ किलोवाट ब्याट्री प्याकले ४२० किलोमिटरसम्मको डब्लुएलटीपी ड्राइभिङ रेन्ज प्रदान गर्छ । टाटा कर्भ ईभीमा ५५ किलोवाट ब्याट्री प्याक प्रदान गरिएको छ, जसले ५०२ किलोमिटरसम्मको एमआईडीसी ड्राइभिङ रेन्ज दिन्छ।

बीवाईडी एट्टो ३ मा आधुनिक र आरामदायी इन्टेरियर दिइएको छ । यसमा स्मार्ट टच स्क्रिन इन्फोटेनमेन्ट, स्मार्ट रिभर्स पार्किङ असिस्ट र उन्नत ड्राइभिङ असिस्ट सिस्टम जस्ता फिचर र ७ एयरब्याग, अडेप्टिभ क्रूज कन्ट्रोल, लेन-किप असिस्ट, अटो इमर्जेन्सी ब्रेकिङ, एडास, एबीएस, ईबीडी, हिल-होल्ड असिस्ट, ३६०-डिग्री क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक र २९ उन्नत सेन्सर जस्ता सेफ्टी फिचर प्रदान गरिएको छ ।

टाटा कर्भ ईभीमा प्रिमियम इन्टेरियर र बढी स्पेस दिइएको छ । यसमा इन्फोटेनमेन्ट सिस्टम, कनेक्टिभिटी सुविधा र मनोरञ्जनको लागि स्मार्ट स्क्रिन प्रदान गरिएको छ । साथै सेफ्टीका लागि ६ एयरब्याग, लेभल २ एडास सुविधा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा, रियर पार्किङ सेन्सर, आईसोफिक्स चाइल्ड सिट एन्कर, हिल-स्टार्ट र डिसेन्ट असिस्ट र इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता फिचर प्रदान गरिएको छ ।

सम्बन्धित समाचारहरू

यस्ता छन् हालै सार्वजनिक भएको टाटा टिगोर ईभीका ५ विशेषताहरु

यस्ता छन् हालै सार्वजनिक भएको टाटा टिगोर ईभीका ५ विशेषताहरु

टाटा टिगोर र टिगोर ईभी दुबै बजारमा लन्च भइसकेको छ । हालै टाटा मोटर्सले टाटा...

पछि प-यो एसएआईसी, बीवाईडी बन्यो चीनको सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप

पछि प-यो एसएआईसी, बीवाईडी बन्यो चीनको सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप

चीनमा बीवाईडी सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप बन्न सफल भएको छ । यो भन्दा पहिले...

बीवाईडीले टर्कीमा नयाँ प्लान्ट बनाउने, १ अर्ब डलर लगानी गर्ने

बीवाईडीले टर्कीमा नयाँ प्लान्ट बनाउने, १ अर्ब डलर लगानी गर्ने

चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले टर्कीमा नयाँ प्लान्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...