साझाका विद्युतीय बस अपांगमैत्री हुने, सिंगल चार्जमा २ सय किमी चल्ने
काठमाडौं – साझाले नेपालमा परीक्षणका लागि भित्र्याइरहेको विद्युतीय बस...
काठमाडौं – बजेटमार्फत परिमार्जन भएको करको असर बीवाईडीका गाडीमा पनि देखिएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी एट्टो २ र एट्टो ३ को मूल्य बढाएको छ ।
बीवाईडी एट्टो २ को मूल्य पहिले भन्दा ३ लाख ४ हजार र एट्टो ३ (एड्भान्स भेरिएन्ट) को मूल्यमा २ लाख रुपैयाँ बढेको हो ।
बीवाईडी एट्टो २ को मूल्य अब ४८ लाख ९९ हजार पुगेको छ । यो भन्दा पहिले यसको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ थियो । त्यसैगरी एट्टो ३ (एड्भान्स भेरिएन्ट) को मूल्य अब ६१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ थियो ।
सरकारले सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटमार्फत करको दर हेरफेर गरेसँगै विभिन्न कम्पनीहरुले मूल्यमा परिमार्जन गरिरहेका छन् । यसै अनुसार बीवाईडीले समेत मूल्य परिमार्जन गरेको हो । यस अनुसार कुनै मोडलको मूल्यमा कमी आएको छ भने कुनैमा बढेको छ ।
नेपाली बजारमा उपलब्ध बीवाईडीका अन्य मोडलका साथै एट्टो २ र एट्टो ३ लोकप्रिय मोडल हुन् । बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको एट्टो २ मा अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु प्याक बडी प्रविधि दिइएको छ । यसमा १२.८ इन्चको रोटेटिङ टच स्क्रिन राखिएको छ भने इन्टेरियर निकै सफाचट र आकर्षक रहेको छ ।
५१.१३ किलोवाट आवार क्षमताको ब्याट्री जडान भएर आएको यस कारले एकपटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । एट्टो २ मा उपलब्ध १०० किलोवाट क्षमताको मोटरले २९० एनएम टर्क जेनेरेट गर्दछ ।
बीवाईडी एट्टो ३ मा पनि १०० किलोवाटको मोटर छ । यसमा ६०.४८ किलोवाट आवरको ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा ४२५ किलोमिटर रेन्ज दिन्छ ।
यी गाडीहरुमा एडास, ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, भ्वाइस कन्ट्रोल, एप्पल/एन्ड्रोइड कार प्ले,प्यानोरामिक सनरुफ लगायत आधुनिक फिचर छन् ।
काठमाडौं – साझाले नेपालमा परीक्षणका लागि भित्र्याइरहेको विद्युतीय बस...
नेपाली बजारमा सर्बाधिक बिक्री हुँदै आइरहेको इलेक्ट्रिक एसयुभी एमजी जेडएस...
चिनियाँ ईभी निर्माता जीएसी एवोनले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...