क्रेटा इलेक्ट्रिकमा ६० प्रतिशतसम्म बाइब्याक भ्यालु पाइने

काठमाडौं–हुन्डाईले क्रेटा इलेक्ट्रिकका लागि भारतमा बाइब्याक स्किम ल्याएको छ । यस योजनाअनुसार ग्राहकहरूले तीन वर्ष वा ४५,००० किलोमिटरसम्म ६० प्रतिशतसम्मको बाइब्याक भ्यालु प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार यस योजनाले विद्युतीय गाडी खरिद गर्दा ग्राहकमा रहने भविष्यको रिसेल मूल्य सम्बन्धी अन्योल र चिन्तालाई सम्बोधन गर्नेछ । यसअघि हुन्डाईले क्रेटा इलेक्ट्रिकका लागि ब्याट्री–एज–अ–सर्भिस विकल्प समेत ल्याएको थियो । जसअन्तर्गत ग्राहकले ब्याट्रीको प्रति किलोमिटर ३.९ रुपैयाँ भारु इएमआई तिर्ने गरी १०.९९ लाख रुपैयाँ सुरुवाती मूल्यमा यो गाडी खरिद गर्न सक्छन् ।

क्रेटा इलेक्ट्रिक ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध छ, जसले ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । ४२ किलोवाट आवरको भेरियन्टमा १३३ बिएचपी र लङ–रेन्ज भेरियन्टमा १६९ बिएचपीको मोटर राखिएको छ, जसले ७.९ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्छ ।

क्रेटा इलेक्ट्रिक नेपाली बजारमा समेत उपलब्ध छ । भारतमा लागु भएको यस स्किमको लाभ आगामी दिनमा नेपाली उपभोक्ताले समेत पाउने अपेक्षा गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...