काठमाडौँ उपत्यकामा घट्यो गाडी भाडा

काठमाडौँ -बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलका अनुसार आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ ।

यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वाचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो । पेट्रोलिय पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशमा भाडा पनि घटेको हो ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोभन्दा पहिले ईभी एक्स्पो हुँदै

नाडा अटो शोभन्दा पहिले ईभी एक्स्पो हुँदै

काठमाडौँ – काठमाडौँको भृकुटीमण्डपमा तीन दिने ईभी एक्स्पो २०८० हुने भएको...

व्यावसायिक भवनहरूले पार्किङ शुल्क लिए ? यो नम्बरमा फोन गर्नुहाेस्

व्यावसायिक भवनहरूले पार्किङ शुल्क लिए ? यो नम्बरमा फोन गर्नुहाेस्

काठमाडौं । व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल...

भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरू गरिने

भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरू गरिने

काठमाडौँ – भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...