बस र ट्रकको विन्डस्क्रिन सिधा हुन्छ तर कारमा किन ढल्किएको हुन्छ? कारण जान्नुहोस्

सवारी साधनका चालकलाई हावा, घाम र पानीबाट बच्नको लागि सवारी साधनको अगाडि विन्डस्क्रिन दिइएको हुन्छ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, कारको विन्डस्क्रिन अलि ढल्किएको हुन्छ, जबकि बस र ट्रकमा विन्डस्क्रिन सिधा हुन्छ ।

यदि सवारी साधनमा विन्डस्क्रिन नदिइएमा अगाडिबाट हावा सीधै चालकको अनुहारमा पर्न जान्छ, जसका कारण गाडी चलाउँदा निकै समस्या आउँछ । विन्डस्क्रिनले हावाबाट मात्र होइन घाम र पानीबाट पनि जोगाउँछ ।

कारमा विन्डस्क्रिन अलि ढल्किएको हुन्छ । यससाई हावा प्रतिरोध कम गर्न डिजाइन गरिएको हुन्छ । ढल्किएको विन्डस्क्रिनले कारको गति बढ्छ र माइलेज पनि राम्रो हुन्छ ।

कारमा ठाडो विन्डस्क्रिन दिइएमा हावाको टक्कर बढी हुन्छ र स्पिड पनि कम हुन्छ जसको कारण माइलेज पनि घट्छ ।

ट्रक र बस जस्ता ठूला सवारीमा विन्डस्क्रिन सीधा हुन्छ । किनभने, ट्रक र बस अधिक यात्रुको लागि डिजाइन गरिएको हुन्छ । बसमा स्लोप विन्डस्क्रिन दिइयो भने भित्रको ठाउँ निकै कम हुन्छ र यात्रुलाई ठाउँको लागि समस्या आउन सक्छ ।

साथै ट्रक र बसका इन्जिन अधिक शक्तिशाली हुने हुनाले यसलाई हावाबाट केही प्रभाव पार्दैन ।

सम्बन्धित समाचारहरू

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

बागमती – बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि : ‘जिरो प्रोफिट एभ्रिडे, जिरो लस एभ्रिडे’ नीति लिन सुझाव

पेट्रोलियम पदार्थको मूल्यवृद्धि : ‘जिरो प्रोफिट एभ्रिडे, जिरो लस एभ्रिडे’ नीति लिन सुझाव

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र सरकारले लगाइरहेको...

गल्फको सिन्थेटिक इन्जिन आयल अब नेपालमै उत्पादन हुने

गल्फको सिन्थेटिक इन्जिन आयल अब नेपालमै उत्पादन हुने

बिश्व प्रसिद्ध बहुराष्ट्रिय कम्पनी गल्फको सिन्थेटिक अयाल नेपालमै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...