बस सेवाले मनायो नवौं वार्षिकोत्सव, दश दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने

काठमाडौँ -नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको छ। बससेवा टुर्स एण्ड ट्राभल्स अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा १०औं वर्षमा प्रवेश गरेको हो।

यो अवधिमा बससेवा डटकमले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ।

हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले बससेवामार्फत टिकट काटी यात्रा गर्दै आएका छन्। यो बीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उद्देश्यले राजधानी काठमाडौंको ढुंगेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ।

सही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानीलगायतका सुविधा रहेका छन् भने लाउञ्जबाट सिधै बस चढ्न सकिन्छ। जसले गर्दा यात्रुहरूलाई सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

यसैबीच, बससेवाले १०औं वर्ष प्रवेशका अवसरमा १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ। हरेक दिन गोलाप्रथामार्फत् १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । विजेताको नाम बससेवाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले बताइएको छ।

सम्बन्धित समाचारहरू

फोन र कम्प्युटर जस्तै कार पनि ह्याकको जोखिममा, सानो कमजोरीले नै पर्न सक्छ जीवन खतरामा

फोन र कम्प्युटर जस्तै कार पनि ह्याकको जोखिममा, सानो कमजोरीले नै पर्न सक्छ जीवन खतरामा

प्रविधिको द्रुत विकाससँगै ह्याकिङजस्ता साइबर जोखिमहरू बढिरहेको छ ।...

सेडान, ह्याचब्याक, एसयुभी, कुपे र क्रसओभरमा कुन किन्ने ? यस्तो छ भिन्नता

सेडान, ह्याचब्याक, एसयुभी, कुपे र क्रसओभरमा कुन किन्ने ? यस्तो छ भिन्नता

नयाँ कार किन्ने निर्णय गर्दा बजारमा उपलब्ध विभिन्न प्रकारका गाडीहरूले...

आगामी दशकमा कुन इन्धन सबैभन्दा राम्रो विकल्प हुन सक्छ ?

आगामी दशकमा कुन इन्धन सबैभन्दा राम्रो विकल्प हुन सक्छ ?

पछिल्ला केही वर्षयता अटोमोबाइल उद्योगमा द्रुत परिवर्तन भइरहेको छ। एकातिर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...