यस्तो हुनेछ मोटरसाइकल राइडरहरुको मेला ‘मनाङ मेनिया’
काठमाडौं – काठमाडौं लेजेन्ड्स प्रालिले मनाङ मेनिया कार्यक्रम गर्ने भएको छ...
रोयल इन्फिल्ड सबैभन्दा लोकप्रिय बाइक मध्ये एक हो । कम्पनी आफ्नो ३५० सीसी इन्जिन भएको बुलेट ३५० को लागि परिचित छ । सो बाइक दशकौंदेखि बिक्री हुँदै आएको छ । युवाहरु माझ सो बुलेट बाइक निकै लोकप्रिय छ ।
कम्पनीले समयसँगै बाइकमा धेरै परिवर्तन गरेको भए पनि बाइकको समग्र डिजाइनमा ८०–९० को दशकको झलक देखिन्छ । यसको डिजाइन र लुक नै सो बाइकको बिक्रीको सबैभन्दा ठुलो कारण रहेको कम्पनीको विश्वास छ । आज रोयल इन्फिल्ड बुलेट ३५० को अनरोड मूल्य भारतमा ६ लाख भारु भन्दा बढी पुगेको छ ।
९० को दशकमा बिक्री भएको एउटा बुलेट बाइकको रसिद इन्टरनेट र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा यसको मूल्य देखेर मानिसहरु छक्क परेका छन् । त्यतिबेलाको मूल्यसँग तुलना गर्ने हो भने आज यो बाइक निकै महँगो भएको छ ।
उक्त रसिद बुलेट ३५० को हो जुन २३ जनवरी १९८६ मा झारखण्डको सन्दिप अटोबाट खरिद गरिएको थियो । सो बाइकको रसिद लगभग ३७ वर्ष पुरानो हो । यो रसिदमा सो बाइकको मूल्य १८ हजार ७ सय भारु रहेको छ ।
रसिदमा सो बाइकको अनरोड मूल्य १८ हजार ८०० भारु रहेको देख्न सकिन्छ भने यसमा २५० भारु छुट दिइएको छ । लेगगार्डको १५० रुपैयाँ सहित बाइकको कुल मूल्य १८ हजार ७ सय भारु छ ।
रोयल इन्फिल्ड बुलेट सन् १९८६ मा इन्फिल्ड बुलेट नामबाट ल्याइएको थियो । हाल कम्पनीले ३५० सीसी सेग्मेन्टमा धेरै बाइक बिक्री गरिरहेको छ । बुलेट ३५० बाहेक यसमा क्लासिक ३५०, मेटियर ३५०, हन्टर ३५० जस्ता बाइक समावेश छ ।
काठमाडौं – काठमाडौं लेजेन्ड्स प्रालिले मनाङ मेनिया कार्यक्रम गर्ने भएको छ...
नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित...
काठमाडौँ –बुटवलको प्रतिष्ठित व्यवसायिक घराना गैरे प्रतिष्ठानले रोयल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...