वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न
काठमाडौं– वुलिङ एयर इभीले आइतवार मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।...
काठमाडौं– बजेटले करको दर बृद्धि गरेपछि ईभी आयतकर्ता अहिले गाडीको मूल्य समायोजन गर्ने तयारीमा जुटेका छन् । भन्सार र अन्तशूल्क गरी समग्रमा १० प्रतिशतले कर बृद्धि गरिएका कारण मूल्य समायोजन गर्नुपर्ने दवावमा उनीहरु छन् ।
सकेसम्म मूल्य बृद्धि नगर्नतर्फ केही ब्यवसायीले पहल गरिरहेका छन् भने केहीले छिट्टै नयाँ मूल्य सार्बजनिक गर्ने तयारी थालेका हुन् । यसै मेसोमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो प्रिमियम कार आयोनिक ५ मा १ लाख रुपैयाँ बृद्धि गरेको छ ।
करको दरमा गरिएको बृद्धि अनुसार १० प्रतिशत हाराहारीले मूल्य बृद्धि हुनुपर्ने देखिएपनि कम्पनीले १ लाख मात्रै बृद्धि गरेको हो । यसअघि १ करोड २ लाख ९६ हजारमा आयोनिक ५ खरिद गर्दै आएका ग्राहकले अव १ करोड ३ लाख ९६ हजार तिर्न पर्नेछ ।
अन्य ब्रान्ड पर्ख र हेरको स्थितिमा
अघिल्लो आर्थिक वर्षको बजेटमा कर बृद्धि हुँदा अधिकांश ब्रान्डले १ लाख हाराहारी मात्र मूल्य बृद्धि गरेका थिए । त्यसैले अहिले पनि खासै मूल्य बृद्धि नहुने अधिकांश ईभी पारखीको बुझाई छ ।
अघिल्लो आर्थिक वर्षमा सबैभन्दा पहिले एमजीले जेडएस ईभीमा १ लाख रुपैयाँ बृद्धि गरेर नयाँ मूल्य सार्बजनिक गरेको थियो । तर यसपटक हुन्डाईले आफ्नो प्रिमियम कार आयोनिक ५ मा १ लाख नै बृद्धि गरेर मूल्य समायोजन गर्ने पहिलो ब्राण्ड बनेको छ ।
१ कारोडमाथी मूल्य पर्ने आयोनिक ५ मा जम्मा १ लाख मात्र बृद्धि भएका कारण अन्य ब्राण्डमाथी खासै धेरै अनुपातले मूल्य नबढाउन दबाब सिर्जना भएको छ । त्यसो त आयोनिक ५ धेरै परिणाममा बिक्री नहुने मोडल भएका कारण यसमा बृद्धि भएको मूल्यलाई बीवाइडी, एमजी, टाटा, दिपल र सेरेसले आधार नमान्न पनि सक्छन् । त्यसमाथी यी ब्राण्ड आयत गर्ने कम्पनीले सकेसम्म मूल्य बृद्धि नगर्न उत्पादक कम्पनीसंग छलफल समेत गरिरहेका छन् ।
उत्पादक कम्पनीसंगको छलफल अवको केही दिनमै टुंगो लाग्ने र लगत्तै एउटा निर्णयमा पुग्ने अधिकांश कम्पनीले तयारी गरिरहेको एक ब्यवसायीले बताए । उनका अनुसार प्रतिस्पर्धी ब्रान्डमा पहिले कसले मूल्य समायोजन गर्छ भन्ने विषयले अहिले अधिकांश आयतकर्तालाई पर्ख र हेरको अबस्थामा राखेको छ ।
इलेक्ट्रिक कारमा बजारको नेतृत्व बीवाइडीले लिएका कारण अधिकांश आयतकर्ता उक्त ब्रान्डले कति मूल्य बृद्धि गर्छ भन्ने विषयलाई पर्खेर वसेको सहजै अनुमान गर्न सकिन्छ ।
काठमाडौं– वुलिङ एयर इभीले आइतवार मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।...
विश्वकै अग्रणी यु इनर्जी भेइकल र पावर ब्याट्री निर्माता कम्पनी बीवाईडीले...
रसुवा र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि वैकल्पिक रूपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...