यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर
नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर...
नेपाली टु ह्विलर बजारमा पछिल्लो बीएस ६ मापदण्डमा आधारित मोटरसाइकल र स्कुटर धमाधम आयात भैरहेका छन् । भारतीय टु ह्विलर निर्माताले बीएस ६ मापदण्डलाई अनिवार्य गरेसँगै नेपाली बजारमा समेत त्यसको प्रत्यक्ष प्रभाव पर्दै गएको हो ।
यो मापदण्डका कतिपय मोटरसाइकल तथा स्कुटरमा फ्युल इन्जेक्सन भनिने एफआई इन्जिन समेत जडान भएर आउन थालेका छन् । हाल बजारमा यामाहाका प्रायः सबैजसो बीएस ६ मोटरसाइकल तथा स्कुटरमा यो प्रविधि प्रयोग भएको छ भने होन्डा र टीभीएस लगायत अन्य कम्पनीहरुले समेत एफआई प्रविधिका टु ह्विलर आयात गरिरहेका छन् ।
टु ह्विलर बजारको कुरा गर्नुपर्दा पछिल्लो समय स्कुटर सेग्मेन्टको चर्चा बढी हुने गरेको पाइन्छ । महिला र पुरुष दुबै राइडरले सहजै प्रयोग गर्न सक्ने यो सवारीसाधनमा ग्राहकको आकर्षण बढ्न थालेपछि आयातकर्ता कम्पनीहरुले समेत नयाँ प्रविधिमा आधारित यस्ता साधन आयात गर्न बढी जोड दिएका छन् ।
पछिल्लो समय अत्याधिक माग हुन थालेको १२५ सीसी सेग्मेन्टमा टीभीएस, यामाहा र होन्डा स्कुटरले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । यी तीन ब्रान्डमा पनि बीएस ६ र एफआई इन्जिन जडान भएका स्कुटर राइडरको रुचिमा पर्न थालेको पाइन्छ । यी ३ ब्रान्ड मध्ये यस्तो प्रविधिमा आधारित स्कुटरलाई यामाहाले पहिलोपटक नेपाली बजारमा भित्र्याएको थियो । जसका कारण यामाहा फेसिनो १२५ र रेजी–आर १२५ स्ट्रिट ¥याली नेपाल भित्रिने पहिलो बीएस ६ र एफआई इन्जिन भएको स्कुटरका रुपमा परिचित छ । यामाहा पछि होन्डाले ग्राजिया र टीभीएसले एनटर्क अरटीएफआई क्रमिक रुपमा भित्र्याउँदै लगेका हुन् ।
यो सेग्मेन्टमा एनटर्क, ग्राजिया र रेजी–आरले एकआपसमा प्रतिस्पर्धा गरिरहेका कारण बजारमा यी तीन स्कुटर बढी लोकप्रिय मानिन्छन् । यी स्कुटरको लुक्स, पावर तथा पर्फमेन्स, फिचर्स र मूल्य समेत फरकफरक भएका कारण ग्राहकलाई आफ्नो रुचि अनुसार छनोट गर्न समेत सहज भएको छ ।
यो सेग्मेन्टमा यामाहा रेजी–आर सबैभन्दा सस्तो देखिएको छ । रेजी–आर १२५ को मूल्य नेपाली बजारमा २ लाख ६९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । रेजी–आरपछि केही दिन अघिमात्र सार्वजनिक गरिएको टीभीएस एनटर्क आरटीएफआई सस्तो र होन्डा ग्राजिया सबैभन्दा महंगो देखिएको छ । एनटर्कको मूल्य २ लाख ७७ हजार ९ सय र ग्राजियाको स्ट्यान्डर्ड भेरिएन्टको २ लाख ६९ हजार ९ सय र डिलक्सको २ लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यी ३ स्कुटरमध्ये एनटर्कको पावर तथा पर्फमेन्स केही बढी रहेको छ । यो स्कुटरको अधिकतम पावरर ९.२५ बीएचपी र टर्क १०.५ एनएम रहेको छ । होन्डा ग्राजियाको पावर ८.२५ पीएस र टर्क १०.३ एनएम रहेको छ । त्यसैगरी यामाहा रेजी–आर १२५ को अधिकतम पावर ८.२ पीएस र टर्क ९.७ एनएम रहेको छ ।
नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर...
काठमाडौँ — नेपालमा फुटबल क्रेज निकै लोभलाग्दो छ । नेपाली फुटबल समर्थकहरू...
काठमाडौं – मस्कुलर र स्पोर्टी स्टाइलमा रहेको यामाहाको म्याक्सी स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...