एसएमएल इसुजुको सर्भिस क्याम्प सम्पन्न, १२० गाडीले लिए फाइदा
काठमाडौं – एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
भारतमा हालै इसुजुको हाइल्यान्डर पिकअप बीएस६ इन्जिनमा सार्वजनिक गरिएको छ । नेपाली बजारमा पहिले देखि नै उपलब्ध हाइल्यान्डर पिकअप अब भने बीएस६ इन्जिनमा भारतमा लन्च भएको छ ।
सो पिकअपका विभिन्न विशेषताको वारेमा सामान्य जानकारी दिइएको छ ।
सस्तो मूल्य
भारतमा इसुजु हाइल्यान्डरको मूल्य १६ लाख ९८ हजार रुपैयाँ तोकिएको छ । इसुजु भी–क्रसको तुलनामा यो निकै नै सस्तो हो । भी–क्रसको मूल्य १९ लाख ९८ हजार रुपैयाँ छ ।
आरामदायी
नयाँ इसुजु हाइल्यान्डर पहिले भन्दा आरामदायी छ । यात्रुको सुविधालाई ध्यानमा राखेर यसमा बकेट सिट, म्यानुअल एसी, पावर विन्डो, ६–वे एड्जस्टेबल ड्राइभर सिट र फोल्डेबल सेकेन्ड रो सिट आदि उपलब्ध छ । यद्यपि यो भी–क्रस जस्तो प्रिमियम भने छैन ।
सेफ्टी फिचर
हाइल्यान्डरमा सेफ्टी फिचरको रुपमा ईबीडीका साथ एबीएस, ट्रयाक्सन कन्ट्रोल, ईएससी, ब्रेक ओभरराइड सिस्टम र ड्युअल फ्रन्ट एयरब्याग उपलब्ध छ । यसमा स्टिल अन्डरबडी प्रोटेक्सन पनि उपलब्ध छ ।
प्रिमियम एसेसरिज
हाइल्यान्डरका लागि कम्पनीले आधिकारिक एसेसरिज पनि सार्वजनिक गरेको छ । यसमा बेड लाइनर, कार्गो रेल, हाई लिड, डी–बक्स, स्पोर्ट्स बार, सिट कभर आदि उपलब्ध छ ।
पावरफुल डिजेल इन्जिन
हाइल्यान्डरमा १.९ लिटरको टर्बोचार्ज्ड, इनलाइन फोर डिजेल इन्जिन छ, जसले १६३ पीएस पावर र ३६० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड म्यानुअल ट्रान्समिसन छ ।
काठमाडौं – एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
जापनिज कार निर्माता कम्पनी सुबारुले विश्वभर २ करोड अल ह्विल ड्राइभ गाडी...
काठमाडौं – नेपाली बजारमा उपलब्ध इसुजु कम्पनीको एस–क्याब पिकअप ९ लाख ९०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...