बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नेपाली बजारमा बीएमडब्ल्युका गाडी भित्रिएका छन् । औपचारिक रुपमा केही दिनमा सार्वजनिक गर्ने तयारी भए पनि केही समय यता यी गाडीले नेपाली बजारमा चर्चा बटुल्न थालिसकेका छन् ।
बीएमडब्ल्युका गाडी नेपाली बजारमा लक्ष्मी प्रिमियमले बिक्री–वितरण गर्ने भएको छ । नेपाली बजारमा उपलब्ध बीएमडब्ल्युका गाडी मध्ये सबैभन्दा महंगो गाडी बीएमडब्ल्यु एक्स५ हुनेछ । यसको मूल्य ४ करोड २९ लाख ९६ हजार रुपैयाँ पर्ने कम्पनी स्रोतको भनाइ छ ।
यति धेरै मूल्य पर्नुका पछाडि बीएमडब्ल्यु प्रिमियम ब्रान्ड भएर मात्र होइन, यसमा भएका विभिन्न फिचरले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
बीएमडब्ल्यु एक्स५ प्लग इन हाइब्रिड गाडी हो । यसमा २९९८ सीसीको इन्जिन छ । त्यसैगरी यसमा इलेक्ट्रिक मोटर समेत छ । आवश्यकता अनुसार इलेक्ट्रिक र पेट्रोल वा दुवै मोडमा यसलाई चलाउन सकिन्छ ।
यसमा भएको इन्जिन र मोटर दुवैले संयुक्त रुपमा ३९४ एचपी पावर र ६०० एनएम टर्क जेनेरेट गर्छ । वाहिरी भागमा एडेप्टिभ एलईडी हेडलाइट, हाइबिम असिस्टेन्ट, एलईडी फगलाइट, क्रोम फिनिसर आदि विभिन्न प्याकेज उपलब्ध छन् भने भित्री भागमा पनि बीएमडब्ल्यु पहिचान हुने विभिन्न फिचर उपलब्ध छन् ।
भित्री भागमा चारैतिर उपलब्ध हुने गरी फोर जोन कन्ट्रोल सहितको अटोमेटिक एसी छ । त्यसैगरी बीएमडब्ल्यु डिस्प्ले कि, प्यानोरमा ग्लासरुफ, स्काई लाउन्ज, बीएमडब्ल्यु जेस्चर कन्ट्रोल, एम्बिएन्ट लाइट, ढोकाका लागि सफ्ट–क्लोज फङ्सन, टेलगेटका लागि अटोमेटिक अपरेसन, स्टार्ट स्टप फङ्सन, रेन सेन्सर, अटोमेटिक ड्राइभर लाइट कन्ट्रोल, हिटिङ सिट, इलेक्ट्रिकल्ली फलो मी होम आदि विभिन्न विशेषता छन् ।
ड्राइभिङमा सहजता प्रदान गर्नका लागि यसमा भएको बीएमडब्ल्यु ट्विन पावर टर्बो इनलाइन ६–सिलिन्डर पेट्रोल इन्जिनले निकै नै सहयोग गर्छ । यसमा किलेस इन्जिन स्टार्ट बटन छ । त्यसैगरी कम्फर्ट मोड, इको प्रो मोड, स्पोर्ट मोड र एडेप्टिभ मोड गरी आवश्यकता अनुसारको मोडमा ड्राइभिङ गर्नका लागि ड्राइभिङ एक्सपेरिएन्स स्विच प्रयोग गर्न सकिन्छ ।
यसमा अल ह्विल ड्राइभ, भेरिएबल टर्क डिस्ट्रिब्युसन, हिल डिसेन्ट कन्ट्रोल आदि उपलब्ध छ । ब्रेकिङ फङ्सन सहितको क्रुज कन्ट्रोल, ई–ड्राइभ बटन, स्पिड लिमिटर आदिको प्रयोग गर्न सकिन्छ ।
थप सुरक्षाका लागि बीएमडब्ल्यु एक्स५ मा एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस), डाइनामिक स्ट्याबिलिटी कन्ट्रोल (डीएससी) र डाइनामिक ट्रयाक्सन कन्ट्रोल (डीटीसी) सहितको इन्टिग्रेटेड ब्रेकिङ सिस्टम छ ।
यो गाडीमा एयरब्याग पनि फरक फरक स्थानमा अवस्थित छन् । यसमा ड्राइभर र फ्रन्ट प्यासेन्जरका लागि मात्र नभएर पहिलो र दोस्रो लहरको सिटका लागि हेड एयरब्याग, ड्राइभर र सबै यात्रुका लागि साइड एयरब्याग तथा घुडाका लागि नि एयरब्याग समेत उपलब्ध छ ।
गाडीमा पार्किङ असिस्टेन्ट, क्र्यास सेन्सर, आइसोफिक्स चाइल्ड सिट, माउन्टिङ साइड इम्प्याक्ट प्रोटेक्सन, इलेक्ट्रोनिक पार्किङ ब्रेक, थ्री–प्वाइन्ट सिटबेल्ट, टायर प्रेसर इन्डिकेटर, अटोमेटिक लक आदि विभिन्न सुरक्षात्मक फिचर छन् ।
सूचना र मनोरन्जनका लागि यसमा भएको १२.३ इन्चको डिस्प्ले प्रयोग गर्न सकिन्छ । यसलाई बीएमडब्ल्यु लाइभ ककपिट प्रोफेसनल पनि भनिन्छ । यसमा हर्मन कर्डन लाइभ सराउन्ड साउन्ड सिस्टमको प्रयोग गरिएको छ । त्यसैगरी आईड्राइभ कन्ट्रोलरको प्रयोग गर्न पनि सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...