नयाँ ईभी कर नितीपछि बीएमडब्लू आईएक्स१ को मूल्य १ करोड ३० लाखले वृद्धि
काठमाडौंः बीएमडब्लू गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम...
बिएमडब्लुले भारतमा छिट्टै लन्च गर्ने तयारी थालेको नयाँ स्पोर्ट बाइक एफ ४५० परिक्षणका क्रममा देखा परेको छ । सो नयाँ मोटरसाइकल हालको बिएमडब्लु एफ ४५० जिएसमा आधारित हुने जनाइएको छ ।
पुरै कभर गरेर परिक्षण गरिएको भएपनि स्पाई तस्बिरबाट सो नयाँ मोटरसाइकल क्लिप–अन ह्यान्डलबारसहित फिट देखिन्छ । पछाडि–सेट फुटपेगह राखिएको नयाँ मोटरसाइकलमा ५–स्पोक एलोय ह्वील दिइएको छ, जुन जी ३१० आरआर जस्तै छ ।
बाइकमा गोल्डन युएसडी फोर्क र मोनो–शकको साथ डबल–साइडेड रियर स्विङआर्म पनि देखिन्छ ।
बिएमडब्लुको सो नयाँ मोडलमा ४२० सिसी, समानान्तर–ट्विन इन्जिन जडान हुने अपेक्षा गरिएको छ, जसले ४८ बिएचपी पावर र ४३.५ एनएम टर्क जेनेरेट गर्दछ । सोही इन्जिनमा बिएमडब्लुले एफ ४५० जिएस एड्भेन्चर समेत लन्च गर्ने तयारी गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...