यस्तो छ नेपालमा हालै उपलब्ध २ करोड मूल्य पर्ने बीएमडब्लु एक्स१ को फिचर्स

जर्मन अटो मेकर बीएमडब्लु एक्स१ को २०२० मोडल नेपाल भित्रिएको छ । यसअघि २०१९ मोडल बिक्री गर्दै आइरहेको नेपालस्थित आधिकारिक बितरक लक्ष्मी प्रिमियम मोटर्सले केही समय पहिले नयाँ प्रिमियम एसयूभी नेपाल भित्राएको हो ।

बीएमडब्लुको इन्ट्री लेभल सो एसयूभीको मूल्य नेपाली बजारमा २ करोड रुपैयाँ तोकिएको छ । नयाँ एसयूभी भित्र्याएसँगै यसको टेष्ट ड्राइभ गर्न ग्राहकलाई कम्पनीले आह्वान गरेको छ । जर्मन प्रिमियम ब्रान्ड बीएमडब्लुलाई लक्ष्मी प्रिमियमले गत बर्ष मात्र नेपाल भित्र्याएको थियो । एक बर्षको यो अवधिमा कम्पनीले डेढ दर्जन बढी गाडी बिक्री गरिसकेको छ ।

५ सिटर यस एसयूभीमा २ हजार सीसी क्षमताको इन्जिन जडान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा यो पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा उपलब्ध रहेपनि नेपाली बजारमा भने पेट्रोल इन्जिनमात्र उपलब्ध गराइएको कम्पनी स्रोतको भनाइ छ । पेट्रोल इन्जिनमा यसको अधिकतम पावर १९२ पीएस र टर्क २८० एनएम रहेको छ । यो एसयूभीमा ७ स्पिड डुअल क्लच अटोमेटिक गियर बक्स उपलब्ध गराइएको छ ।

यो एसयूभीमा एउटा प्रिमियम र सुबिधासम्पन्न एसयूभीमा उपलब्ध हुने प्रायः सम्पूर्ण फिचर्स दिइएको छ । यसमा पानारोमिक सनरुफ, रेन सेन्सिङ वाइपर, डुअल जोन क्लाइमेट कन्ट्रोल विथ रियर एसी भेन्ट, एम्बिएन्ट लाइटिङ, रिक्लाइनेबल रियस सिट, पार्किङ क्यामेरा, पावर एड्जस्टेबल फ्रन्ट सिट, ५.७ इन्चको ड्राइभर डिस्प्ले, ८.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र वायरलेस एप्पल कार प्लेजस्ता अत्याधुनिक फिचर्स उपलब्ध गराइएको छ ।

त्यसैगरी ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक र आइएसओएफआईएक्स चाइल्ड सिट एंकरजस्ता सेफ्टि फिचर्सले यो एसयूभीलाई सुरिक्षत र भारपर्दो बनाएको छ । बजारमा यो एसयूभीले मर्सिडिज बेन्ज जिएलएसँग प्रतिस्पर्धा गर्नेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...