बीएमडब्ल्युको सबैभन्दा शक्तिशाली एसयूभी चाँडै लन्च हुने, टिजर सार्वजनिक

बीएमडल्युले एक्सएम लेबल रेडको पहिलो टिजर सार्वजनिक गरेको छ । सो एसयूभी अर्को वर्ष सार्वजनिक हुनेछ । आगामी बीएमडल्यु एक्सएम लेबल रेड जर्मन लक्जरी अटोमोबाइल ब्रान्डको अहिलेसम्मको सबैभन्दा शक्तिशाली कार हुनेछ ।

बीएमडल्युले सेप्टेम्बर २०२२ मा बीएमडल्यु एक्सएम लन्च गरेको थियो । नयाँ भेरिएन्ट सोही एसयूभीमा आधारित हुनेछ । कम्पनीले सो कारको टिजर इन्स्टाग्राम मार्फत सार्वजनिक गरेको थियो ।

कम्पनीले सो एसयूभीमा गरेको परिवर्तनको बारेमा केही झलक देखाएको छ । बीएमडल्यु एक्सएम पहिले नै स्ट्यान्डअलोन डिभिजन कारको रूपमा उपलब्ध छ । बीएमडल्यु एक्सएमले ७३८ एचपीको पावर र १००० एनएमको टर्क दिने अपेक्षा गरिएको छ ।

बीएमडल्यु एक्सएम लेवल रेडमा पावरको लागि सिंगल इलेक्ट्रिक मोटरको साथमा ट्विन–टर्बोचाज्र्ड ४.४ लिटर भी८ इन्जिन जोडिएको छ । स्ट्यान्डर्ड ट्रिममा सो हाइब्रिड पावरट्रेनले ६४४ एचपीको पावर र ८०० एनएमको टर्क जेनेरेट गर्छ ।

सो एसयूभी लक्जरी पर्फमेन्स एसयूभीमा स्ट्यान्डर्ड भन्दा बढी परिवर्तन देखिनेछ । यसको अगाडिको ग्रिल, विन्डोज र ह्विलमा रातो रिम पनि देख्न सकिन्छ । टिजरमा सो एसयूभीको ग्रिलमा रातो एक्सएम ब्याजको साथमा देखाइएको छ ।

सम्बन्धित समाचारहरू

७ करोड मूल्यको नेपालकै सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आई एक हप्तामै बिक्री

७ करोड मूल्यको नेपालकै सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यु एक्स७ एक्सड्राइभ ४०आई एक हप्तामै बिक्री

बीएमडब्ल्युको नेपालका लागि आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम...

बिएमडब्लु र टाटा टेक मिलेर अटोमोटिभ सफ्टवेयर विकास गर्ने

बिएमडब्लु र टाटा टेक मिलेर अटोमोटिभ सफ्टवेयर विकास गर्ने

बिएमडब्लु र टाटा टेक्नोलोजी मिलेर भारतमा अटोमोटिभ सफ्टवेयर विकास गर्ने...

छठ सम्म हार्टफोर्ड भीआर मोटरसाइकल किन्दा २५ हजार सम्म फाइदा

छठ सम्म हार्टफोर्ड भीआर मोटरसाइकल किन्दा २५ हजार सम्म फाइदा

काठमाडौं – नेपाली बजारमा उपलब्ध हार्टफोर्डका दुई मोडलमा उपलब्ध मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...