सोसल मिडियामा बीएमडब्ल्युको म्याक्सी स्कुटर सार्वजनिक, यस्तो छ विशेषता

बीएमडब्ल्यु मोटरराडले भारतीय बजारमा नयाँ म्याक्सी स्कुटर लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले सो स्कुटरको टिजर सार्वजनिक गरेको छ । टिजरमा यसको क्याप्सनमा शहरी सवारीको पछिल्लो तहमा पुग्न तयार हुनुहुन्छ भन्ने लेखिएको छ । यद्यपि कम्पनीले नयाँ बीएमडब्ल्यु म्याक्सी स्कुटरको नाम र विवरण खुलाएको छैन । विश्वव्यापी प्रोडक्सन पोर्टफोलियोबाट बीएमडब्ल्यु सी४०० जीटी हुने विश्वास गरिएको छ ।

सो स्कुटरमा एलईडी लाइटिङ सिस्टम, स्पोर्टी भि–शेपको ट्रिम प्यानल, ठूलो ढाँचाको विन्डस्क्रिन, एर्गाेनोमिक रूपमा डिजाइन गरिएका सिट र अन्य सुविधा समावेश गरिएको छ । सो स्कुटर नयाँ ब्रेक र परिमार्जित स्वचालित स्टेबिलिटी कन्ट्रोलको साथमा उपलब्ध रहेको छ । सो स्कुटर भारतमा लन्च गरिएमा यसको मूल्य ६ लाख भारु भन्दा बढी हुने अनुमान गरिएको छ । सो स्कुटर आगामी सेप्टेम्बर वा अक्टोबर महिनामा भारतमा लन्च हुने अनुमान गरिएको छ ।

विश्वव्यापी रूपमा बीएमडब्ल्यु सी ४०० जीटी एक नयाँ ई–ग्याँस प्रविधिको ३५० सीसी, सिंगल सिलिन्डर लिक्विडकुल्ड इन्जिनको साथमा उपलब्ध हुनेछ । साथै २०२१ मोडलमा क्याटालिटिक कन्भर्टर, परिमार्जित सिलिन्डर हेड, नयाँ अक्सिजन सेन्सर र परिमार्जित निकास प्रणालीको साथ उपलब्ध हुनेछ । सो स्कुटरले ३३.५ बीएचपीको पावर र ३५ एनएमको टर्क जेनेरेट गर्छ । यो स्कुटरले १३९ किलोमिटरको उच्च गति प्रदान गर्छ ।

नयाँ बीएमडब्ल्यु म्याक्सी स्कुटरमा सीभीटी अटोमेटिक गियरबक्स रहेको छ । गियरबक्स युनिटलाई नयाँ क्लच स्प्रिङको साथमा अपडेट गरिएको छ, जसलाई यसको शार्प थ्रोटल प्रतिक्रिया र स्मुथर पावर डेलिभरका लागि चिनिन्छ । बीएमडब्ल्यु सी ४०० जीटी तीन कलर स्किम अल्पाइन ह्वाइट, मुनवाक ग्रे मेटालिक र ब्ल्याकस्टोर्म मेटालिकमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

यी हुन् नेपाली बजारमा उपलब्ध करोड माथीका इलेक्ट्रिक कार, थप नयाँ मोडल आउँदै

यी हुन् नेपाली बजारमा उपलब्ध करोड माथीका इलेक्ट्रिक कार, थप नयाँ मोडल आउँदै

नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका इलेक्ट्रिक कार...

हाइपर कार, सुपर कार र स्पोर्ट्स कारमा के फरक छ ?

हाइपर कार, सुपर कार र स्पोर्ट्स कारमा के फरक छ ?

हाइपर कार, सुपर कार र स्पोर्ट्स कारको लुक अद्वितीय हुनुका साथै यी कारमा...

दुबई ड्युटी फ्रि राफलमा एक नेपालीले जिते १९ लाख पर्ने बीएमडब्लु रेसिङ बाइक

दुबई ड्युटी फ्रि राफलमा एक नेपालीले जिते १९ लाख पर्ने बीएमडब्लु रेसिङ बाइक

दुबईमा एक नेपालीले दुबई ड्युटी फ्रि राफलमा बीएमडब्लु रेसिङ बाइक जितेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...