सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
जर्मन कार निर्माता कम्पनी बीएमडब्ल्युले विश्वकै पहिलो अल–इलेक्ट्रिक विङसुट बनाएको छ । यसको सहयोगले ३ सय किमी प्रतिघण्टाको गतिमा ब्याटम्यान जस्तै उड्न सकिन्छ । बीएमडब्ल्युले डिजाइन वर्क्सको सहयोगमा सो विङसुट बनाएको हो ।
सो विङसुटको कन्सेप्ट ३ वर्ष पहिले पिटर साल्जमनले गरेका थिए । उनी व्यावसायिक विङसुट पाइलट, स्काई डाइभर र प्याराग्लाइडिङ इन्स्ट्रक्टर हुन् । बीएमडब्ल्युको सो विङसुटको फ्लाई युनिटमा दुई वटा चेस्ट माउन्टेड कार्बन फाइबरको प्रयोग गरिएको छ । प्रत्येक युनिटले ७.५ एचपी पावर प्रदान गर्छन् र सबै गरी ५ मिनेटका लागि बढीमा २० एचपी पावर प्रदान गर्छन् ।
बीएमडब्ल्युले एउटा युट्युब भिडियो समेत सार्वजनिक गरेको छ, जसमा साल्जमनले यसको टेस्ट फ्लाइट गरेका छन् । उनी अष्ट्रियामा ९ हजार फिट उचाईबाट हेलिकोप्टरमार्फत खसेको देखाइएको छ । यसलाई ३ सय किमी सम्मको गतिमा उडाउन सकिन्छ ।
यद्यपि सो विङसुट व्यावसायिक प्रयोजनमा आउने हो वा होइन भन्ने वारेमा केही बताइएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...