नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
जर्मन कार निर्माता कम्पनी बीएमडब्ल्युले विश्वकै पहिलो अल–इलेक्ट्रिक विङसुट बनाएको छ । यसको सहयोगले ३ सय किमी प्रतिघण्टाको गतिमा ब्याटम्यान जस्तै उड्न सकिन्छ । बीएमडब्ल्युले डिजाइन वर्क्सको सहयोगमा सो विङसुट बनाएको हो ।
सो विङसुटको कन्सेप्ट ३ वर्ष पहिले पिटर साल्जमनले गरेका थिए । उनी व्यावसायिक विङसुट पाइलट, स्काई डाइभर र प्याराग्लाइडिङ इन्स्ट्रक्टर हुन् । बीएमडब्ल्युको सो विङसुटको फ्लाई युनिटमा दुई वटा चेस्ट माउन्टेड कार्बन फाइबरको प्रयोग गरिएको छ । प्रत्येक युनिटले ७.५ एचपी पावर प्रदान गर्छन् र सबै गरी ५ मिनेटका लागि बढीमा २० एचपी पावर प्रदान गर्छन् ।
बीएमडब्ल्युले एउटा युट्युब भिडियो समेत सार्वजनिक गरेको छ, जसमा साल्जमनले यसको टेस्ट फ्लाइट गरेका छन् । उनी अष्ट्रियामा ९ हजार फिट उचाईबाट हेलिकोप्टरमार्फत खसेको देखाइएको छ । यसलाई ३ सय किमी सम्मको गतिमा उडाउन सकिन्छ ।
यद्यपि सो विङसुट व्यावसायिक प्रयोजनमा आउने हो वा होइन भन्ने वारेमा केही बताइएको छैन ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...