हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ गाडीको अनुभव एकै छानामुनी
काठमाडौं–लक्ष्मी ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक...
बीएमडब्ल्यु इन्डियाले नयाँ एम १००० आरआर स्पोर्टस बाइक भारतीय बजारमा लन्च गरेको छ । सो बाइक बीएमडब्ल्युको सबैभन्दा महँगो र पावरफुल स्पोर्ट्स बाइक हो । भारतीय बजारमा यसले हालै लन्च भएको डुकाटी प्यानिगेल भी४ सँग प्रतिस्पर्धा गर्नेछ ।
एम १००० आरआर बाइक एस १००० आरआरको अपडेट भर्सन हो । र कम्पनीको एम ब्याजसहितको पहिलो प्रोडक्सन सुपर बाइक हो । यसको सुरुवाती मूल्य ४९ लाख भारु छ ।
कम्पनीले यो सुपर बाइकको बुकिङ पनि सुरु गरेको छ । यसको डेलिभरी यसै वर्ष नोभेम्बरदेखि सुरु हुनेछ । सो बाइक सीबीयूको रुपमा आयात गरिने छ ।
बीएमडब्ल्यु एम १००० आरआरमा ९९९ सीसीको ४ सिलिन्डर बाटर÷आयल कुल्ड इनलाइन इन्जिन जडान गरिएको छ, जसले १४५०० आरपीएममा २१२ एचपी पावर र ११००० आरपीएममा ११३ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिनका सबै सिलिन्डरमा ४ वटा टाइटेनियम भल्व र बीएमडब्लु सिफ्टक्याम टेक्नोलोजी दिइएको छ ।
यसको इन्जिनलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ । सो बाइक मात्र ३.१ सेकेण्डमा ० देखि १०० किमी प्रति घन्टासम्म चल्न सक्छ र यसको टप स्पिड ३१४ किमी प्रतिघन्टा रहेको कम्पनीले दाबी गरेको छ ।
सस्पेन्सनको लागि सो बाइकको अगाडि ४५ एमएम अपसाइड डाउन फोर्क र पछाडि मोनोशक उपलब्ध छ । यसको अगाडिको टायरको साइज १२०÷७० र पछाडिको टायरको साइज २००÷५५ छ ।
ब्रेकिङका लागि सो सुपर बाइकको अगाडि ३२० एमएम ट्विन डिस्क र पछाडि २२० एमएम डिस्क छ । डायनामिक ब्रेक कन्ट्रोल सिस्टमको सहयोगमा बाइकलाई १०.७ सेकेन्डमा टप स्पिडबाट ० किमी प्रतिघन्टामा रोक्न सकिने कम्पनीको दाबी छ ।
बाइकमा लन्च कन्ट्रोल, ह्विल कन्ट्रोल, स्लाइड कन्ट्रोल, सिफ्ट असिस्ट प्रो, ६.५ इन्चको टीएफटी स्क्रिन, एलईडी लाइटिङ, हिटेड ग्रिप, स्विचेबल एबीएस, क्रुज कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर समावेश छ । यी सबै फिचरलाई ६.५ इन्च कलर टीएफटी डिस्प्लेबाट कन्ट्रोल गर्न सकिन्छ ।
काठमाडौं–लक्ष्मी ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक...
बिएमडब्लुको नेपाल आउने तयारीमा रहेको इलेक्ट्रिक एसयुभी आइएक्सले सेफ्टि...
काठमाडौं – बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक स्पोर्टस् एक्टिभिटी भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...